इ चितवन खबर
January 09, 2026
काठमाडौं। देशभर नै यतिखेर मेला-महोत्सवहरू चलिरहेका छन्। जहाँ दर्शक तान्न कलाकारलाई महोत्सवको मुख्य आकर्षणको रूपमा राखिएको हुन्छ। कलाकारहरूलाई भ्याईनभ्याई हुन्छ। महोत्सवमा अधिक माग हुने मध्ये चर्चित लोकदोहोरी गायिका कला लम्साल पनि एक हुन्।
चर्चित लोकदोहोरी गायिका लम्साल पछिल्लो समय देशका विभिन्न मेला–महोत्सवमा अत्यन्तै व्यस्त देखिएकी छन्। लोकगीत–संगीत क्षेत्रमा छोटो समयमै लोकप्रियता कमाएकी लम्सालको माग हाल उच्च रहेको छ।
मेला–महोत्सव सिजन सँगै गायिका लम्सालको प्रस्तुति हेर्न दर्शकको भीड लाग्ने गरेको छ। पूर्वदेखि पश्चिमसम्म आयोजना हुने सांस्कृतिक कार्यक्रम, मेला तथा महोत्सवमा उनी लगातार सहभागी भइरहेकी छन्। स्टेजमा उनको सशक्त प्रस्तुति, लोकलयको मिठास र दर्शक सँगको आत्मीय सम्बन्धले कार्यक्रम थप आकर्षक बन्ने गरेको आयोजकहरू बताउँछन्।
गायिका लम्सालले नेपाली मौलिक लोक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा आफू सधैं प्रतिबद्ध रहेको बताउँदै मेला–महोत्सव मार्फत गाउँ–गाउँसम्म गीत–संगीत पुर्याउन पाउँदा खुशी लागेको प्रतिक्रिया दिएकी छन्। दर्शक तथा शुभचिन्तकको मायाले नै आफू निरन्तर अगाडि बढ्न सफल भएको उनको भनाइ छ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 09, 2026
February 02, 2026
December 14, 2025
October 25, 2025
October 19, 2025
October 12, 2025
October 09, 2025
October 01, 2025
July 15, 2025
July 11, 2025
April 19, 2026
April 19, 2026
April 17, 2026
April 16, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .