इ चितवन खबर
October 25, 2025
भारत । नेपाली सांगीतिक क्षेत्रका चर्चित सदावहार बरिष्ठ गायक आनन्द कार्की भारतको शान्तिवनमा अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् । नेपाली सांगीतिक धरातलमा विगत लामो समयदेखि आफूलाई अग्रस्थानमा राख्दै आएका नेपाली र हिन्दी दुवै भाषाका गीत तथा गजलहरूमा विगत चार दशकदेखि पुर्याएको विशेष योगदानको कदर गर्दै उनलाई भारतमा आयोजित ‘ग्लोबल समिट २०२५’ मा सम्मान गरिएको हो। शुभ दीपावली पर्वको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा विश्वभरका नेताहरू, कलाकारहरू र चिन्तकहरूको उपस्थिति थियो।
गायक कार्कीले नेपालसहित विभिन्न देशमा सांगीतिक कन्सर्टहरू मार्फत नेपाली गीत-संगीतलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्। भारतमा पनि उनले थुप्रै सांगीतिक कार्यक्रममा प्रस्तुति दिइसकेका छन्। उनको यही योगदानको कदर गर्दै ग्लोबल समिटको आयोजक पक्षले उनलाई सम्मान प्रदान गरेको हो।
सम्मान ग्रहणपछि काठमाडौँ फर्केका गायक कार्कीले आफूलाई यो सम्मानले निकै गर्वको अनुभूति दिएको बताए। उनले खुसी व्यक्त गर्दै भने, “आयोजक संस्था र सम्पूर्ण टिमप्रति हार्दिक आभार सहित गहिरो सद्भाव व्यक्त गर्दछु। सम्पुर्ण दर्शक-स्रोताहरूको माया र साथले गर्दा नै यो सम्मान पाउन सफल भएको छु ।”
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 09, 2026
February 02, 2026
January 09, 2026
December 14, 2025
October 19, 2025
October 12, 2025
October 09, 2025
October 01, 2025
July 15, 2025
July 11, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .