नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई

चितवन । नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि निर्माणाधीन आइकोनिक केबल–स्टेड पुलको निर्माणसम्बन्धी जिम्मेवारी सडक डिभिजन भरतपुरबाट पुल सेक्टर पोखरामा हस्तान्तरण गरिएको छ ।
 
    
गत भदौ ९ गतेको सचिवस्तरीय निर्णयअनुसार पुल निर्माणको जिम्मेवारी हस्तान्तरण गर्ने निर्णय स्वीकृत भएपछि मङ्गलबार निर्माणसँग सम्बन्धित सम्पूर्ण आयोजना तथा ठेक्कासम्बन्धी कागजात पुल सेक्टर पोखरालाई हस्तान्तरण गरिएको हो ।
 
    
सडक डिभिजन भरतपुरका डिभिजन प्रमुख इञ्जिनियर नारायणप्रसाद लामिछानेले पुल सेक्टर पोखराका योजना प्रमुख इञ्जिनियर कृष्णराज अधिकारीलाई कागजात हस्तान्तरण गर्नुभएको हो । यसअघि सडक डिभिजन भरतपुरले हेर्दै आएको पुल निर्माणको काम अब पुल सेक्टर पोखराले हेर्नेछ ।
 
    
डिभिजन प्रमुख लामिछानेका अनुसार बर्खा सुरु हुनुअघि चितवनतर्फ पुलको पाइल निर्माणको काम गरिएको थियो । चितवनतर्फ अन्तिम फाउन्डेसनको काम भएकोे उहाँले बताउनुभयो । बाढीले पुल निर्माणमा खासै क्षति नगरे पनि गैँडाकोटतर्फ रहेको निर्माण कम्पनीको शिविरमा भने असर गरेको उहाँले जानकारी दिनुभयो । 
 
    
निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सन प्रालिका योजना व्यवस्थापक इञ्जिनियर मञ्जिल मिश्रका अनुसार बर्खा सुरु हुनुअघि पुलको जग निर्माणसम्बन्धी केही काम गरिएको थियो । बर्खा लागेपछि काम रोकिएको उहाँले बताउनुभयो । उहाँका अनुसार दसैँलगत्तै निर्माणको काम सुरु गर्ने तयारी छ । 

१४२ निर्वाचन क्षेत्रका एक करोड ८२ लाख ३० हजार मतपत्र छपाइ सकियो
देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की
भरतपुरमा “सौन्दर्य ब्यूटी पार्लर एण्ड कस्मेटिक” शुभारम्भ
किड्स वर्ल्ड मन्टेश्वरीमा एकदिने नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान
एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए
२०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस : ओम शान्ति एकेडेमीले तीन दिनसम्म कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदै
ओम शान्ति एकेडेमीको २०औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
ओम शान्ति एकेडेमीमा माघ २३ गते खुला रक्तदान कार्यक्रम हुने
चितवनका छ हजार बढी बालिकाहरुलाई एचपिभी खोप
स्वास्थ्य बिमामा देखिएका समस्या समाधान हुन्छ : प्रधानमन्त्री कार्की
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
निर्वाचन २९ दिन बाँकी : समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छ : प्रधानमन्त्री कार्की
नेपालमा बोलिने सबै भाषा हाम्रा सम्पत्ति हुन्, कुनैलाई पनि मर्न दिनुहुँदैन : प्रधानमन्त्री कार्की
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
तनहुँबाट ६७ निर्वाचन प्रहरी स्याङ्जा पठाइयो
राष्ट्रपति पौडेलसँग जापानका विदेश राज्यमन्त्रीको भेटवार्ता
पाँच महिनापछि पूर्वगृहमन्त्री जलेको पुर्खौली घरमा
निर्वाचनलाई उच्च प्राथमिकता दिन आयोग र सरकारी सञ्चारमाध्यमबीच छलफल
बागलुङमा मतदाता फकाउन घरदैलोमा उम्मेदवार
एकाघरका दाजुभाइले पाए पहिलोपटक आमाको नामबाट नागरिकता
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
सुनको भाउ प्रतितोला रु १३ हजार ४०० ले घट्यो
राष्ट्रपति पौडेल जापान प्रस्थान
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको छ : सभापति थापा
चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग
सुनचाँदीको भाउ घट्यो
मैले चितवनको समाजमा गरेको योगदान सबैलाई राम्रैसँग थाहा छ : मिना खरेल

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .