विद्यालय बस दुर्घटना : पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी

कास्की। पोखरा-२८ कालिकाका विकल केसी शुक्रबार बिहान भर्खरै ब्युँझिनुभएको थियो । साथीले ‘भीरबाट बस खस्यो, उद्धारका लागि जानुपयो’ भनेपछि उहाँ जुरुक्क उठ्नुभयो । सामुदायिक प्रहरी कालिकाको पूर्वअध्यक्ष समेत रहनुभएका केसी दुई जना साथीलाई साथमा लिएर घटनास्थल ओख्लेको भिरतर्फ दौडिनुभयो ।


घटनास्थल पुग्दा भीरमा कोही विद्यार्थी अड्किएका थिए भने कोही बससँगै तल पुगेका थिए । घाइते विद्यार्थीको चित्कारले वातावरण स्तब्ध थियो । ‘दाइ, अङ्कल, मलाई बचाउनुहोस्’ भन्दै विद्यार्थीले गुहार मागिरहेका थिए ।


भिरको अप्ठ्यारो बाटो हुँदै उहाँ साथीसहित तल ओर्लिनुभयो । बसका पार्टपुर्जा छरिएका थिए, विद्यार्थी यत्रतत्र थिए । उद्धारका लागि आवश्यक सामग्री केही थिएन । तर, घाइतेको चित्कार सुनेर उहाँहरू पछि हट्न सक्नुभएन । घाइते विद्यार्थीलाई पिठ्युँमा बोकेरै सडकसम्म ल्याउन थाल्नुभयो । “हामीसँग उद्धारका लागि केही पनि सामान थिएन । सबैलाई पिठ्युँमै बोकेर भए पनि माथि बाटोसम्म ल्यायौँ । सबैलाई बोकेरै ल्याइयो ।” केसीले उद्धार गर्दाको अनुभव सुनाउनुभयो ।


स्थानीय करिब १०–१२ जना घाइतेको उद्धारमा जुटिरहँदा सुरक्षाकर्मीको टोली पनि घटनास्थलमा आइपुग्यो । पोखरा बजारबाट करिब १५ किलोमिटर टाढा रहेको उक्त स्थानमा बिहानै भएको दुर्घटनाले सिङ्गो गाउँलाई शोकमा डुबायो ।


सौर्य माझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको कालिका इङ्लिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस शुक्रबार बिहान ६ः३३ बजे सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनामा परेको थियो । दुर्घटनामा चार विद्यार्थी र एक ज्येष्ठ नागरिक गरी पाँच जनाको मृत्यु भएको छ भने १३ विद्यार्थी र चालक घाइते भएका छन् ।


कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थी बिहान ट्युसन पढ्न विद्यालय आउँदै थिए । विद्यालय पुग्न केही समय मात्र बाँकी रहँदा बस दुर्घटनामा परेको थियो । दुर्घटनाको वास्तविक कारण खुलिसकेको छैन । सामान्य उकालो र फराकिलो पक्की सडकमा बस दाहिनेतर्फ मोडिनुपर्ने स्थानमा सिधै भीरतर्फ गएर खसेको स्थानीय बताउँछन् । सडक फराकिलो भएकाले सवारीसाधन चलाउन कठिनाइ हुने अवस्था नरहेको उनीहरूको भनाइ छ । बसका चालक घाइते भएकाले घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


स्थानीयका अनुसार दुर्घटनामा परेको बस निकै पुरानो थियो । विद्यार्थीले उक्त बसमा चढ्न आनाकानी गर्ने गरेका थिए । बसको अवस्था पुरानो भएकाले प्रयोग नगर्न विद्यालय प्रशासनलाई पटक–पटक आग्रह गरिएको स्थानीय केसी बताउनुहुन्छ ।


“गाडी पुरानो भएको थियो । पटक–पटक हामीले पुरानो गाडी प्रयोग नगर्नु भनेर सम्झाएका पनि हौँ । तर, आज यस्तो दुःखद घटना भोग्नुप¥यो ।” केसीले दुःख व्यक्त गर्नुभयो । स्थानीयले बस पुरानो भएकै कारण दुर्घटना भएको दावी गरे पनि प्राविधिक परीक्षण तथा अनुसन्धानबाट यसको कारण पुष्टि हुन बाँकी छ । बसका चालक समेत दुर्घटनामा घाइते छन् । उद्धारका क्रममा सामान्य बोलचालमा चालकले आफूले दुर्घटना अगाडि एक्कासी अँध्यारो देखेको बताएको केसीले सुनाउनुभयो । 

    
विद्यालय जाने क्रममा भएको दुर्घटनामा एउटै गाउँका चार विद्यार्थीको मृत्यु भएपछि माझठाना गाउँ शोकमा डुबेको छ । गाउँमा शोक छाएको छ भने आफन्त र छिमेकीका आँखाबाट आँसु रोकिएका छैनन् ।


दुर्घटनाको खबर फैलिनासाथ घाइतेलाई उपचारका लागि ल्याइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आफन्त तथा स्थानीयको भीड लागेको थियो । बिहान घरबाट विद्यालय जान निस्किएका बालबालिका दुर्घटनामा परेको खबरले परिवार र गाउँले स्तब्ध बनेका छन् ।


पोखरा–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले दुर्घटनाले सिङ्गो माझठाना गाउँलाई शोकमा डुबाएको बताउनुभयो । “एउटै गाउँका चार विद्यार्थीले दुर्घटनामा जीवन गुमाए भने अन्य घाइते छन् । बिहान उठेर सधैँझैँ विद्यालय गएका विद्यार्थीको आज यो हालत हुँदा सबैको मन रोएको छ,” उहाँले भन्नुभयो ।


वडाध्यक्ष लामिछानेले दुर्घटनाको कारण पुष्टि नभए पनि स्थानीयले बस पुरानो भएकै कारण दुर्घटना भएको आशङ्का व्यक्त गरिरहेको बताउनुभयो । उहाँले घटनाको निष्पक्ष छानबिन गरी दुर्घटनाको कारण पहिचान गर्नुपर्नेमा जोड दिनुभयो ।


दुर्घटनापछि पोखरा महानगरपालिकाले घटनाको सत्यतथ्य छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । महानगरपालिकाका प्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष धनराज आचार्यका अनुसार दुर्घटनाको कारण पहिचान गर्न, घटनासँग सम्बन्धित विषयको विस्तृत अध्ययन तथा छानबिन गर्न र आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपायसहित सुझाव पेस गर्ने उद्देश्यले समिति गठन गरिएको हो ।

 

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी कालिका बोर्डिङका विद्यार्थी १३ वर्षीया ममता तिवारी, १४ वर्षीया रुमिका नेपाली, १४ वर्षीय अशिम कँडेल र सुवेच्छा तिवारीको मृत्यु भएको छ । यसैगरी, बसमा लिफ्ट मागेर यात्रा गरिरहेका माझठानाका ६५ वर्षीय बाबुराम तिवारीको पनि दुर्घटनामा मृत्यु भएको कास्कीका प्रहरी प्रमुख नवीन कार्कीले बताउनुभयो ।


दुर्घटनामा घाइते भएका तीन जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ  भने बाँकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक पोखरा–१५ निवासी ५७ वर्षीय तुलबहादुर गुरुङको ढाड र छातीमा चोट लागेको छ । उहाँको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

सिंहदरबारको केन्द्रीय क्यान्टिनमा भेटियो घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा, दुई लाख जरिवाना
सरकारी अस्पतालमा बिरामीका भार
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड
कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो
कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
रगतको अभाव हुन नदिन रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने
चितवनका किसानले पाएनन् चैते धानको न्यूनतम समर्थन मूल्य
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट
‘औषधिको गुणस्तरमा भिन्नता छैन’
तोलामा दुई हजारले बढ्यो सुनको मूल्य
चैते धानमा ‘नेक ब्लास्ट’ रोग संक्रमण
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
यस्तो छ आजको मौसम पूर्वानुमान
निजामती कर्मचारी अस्पतालको सेवा चितवन र पर्सामा विस्तार
माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक
रास्वपा जिल्ला अधिवेशन : छपन्न जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा
तातो लहरसम्बन्धी विशेष बुलेटिन : १४ जिल्लामा सतर्क रहन आग्रह
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
नागरिक संवाद कार्यक्रम सम्पन्न
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा यादव र भण्डारीसँग सुझाव सङ्कलन
बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा समर्पित गोल्डेन मण्टेश्वरी
साङ्गठानिक सुदृढीकरणलाई प्राथमिकतामा राख्न प्रहरी महानिरीक्षकको निर्देशन
यी हुन् चार हजारभन्दा बढी विद्यार्थी भएका सामुदायिक विद्यालय
वर्षा घट्यो, विस्तारै तराईमा तातो बढ्दै
बुटवल–नारायणगढ सडकमा यात्रा सहज बन्दै
घरजग्गा व्यवसाय चलायमान बनाउन सहजीकरणको माग
रास्वपा महाधिवेशन : सभापति लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन
काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने
तोलामा बीस हजार पाँच सयले बढ्यो सुनको मूल्य
स्टार्स मन्टेश्वरी एकेडेमीले भव्य रूपमा मनायो आफ्नो १६ औँ वार्षिकोत्सव
शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .