‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’

काठमाडौँ। भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुने बताउनुभएको छ ।


भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र र नेपाल जग्गा तथा आवास विकास महासङ्घले आयोजना गरेको ‘जग्गा प्रशासन, नाप नक्सा तथा व्यावसायिक विकाससम्बन्धी तालिम’को समापनका अवसरमा उहाँले लामो समयदेखि समस्याका रूपमा रहेको जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुने बताउनुभयो ।  


उहाँले घरजग्गा (रियल स्टेट) क्षेत्रमा कानुनी जटिलता र प्रक्रियागत अन्योलता धेरै रहेकाले यस क्षेत्रमा संलग्न व्यवसायीका लागि तालिम तथा ज्ञान अनिवार्य रहेको बताउनुभयो । सचिव भुजेलले व्यवसायीले उठाएका कित्ताकाट, ल्याण्ड पुलिङ र पुँजीगत लाभकरसम्बन्धी समस्याबारे मन्त्रालयको ध्यानाकर्षण भएको बताउनुभयो ।  


भू–उपयोग नियमावली अनुसार स्थानीय तहले भू–उपयोग योजना तयार गर्न ढिलाइ गर्दा धेरै ठाउँमा कित्ताकाट रोकिएको भन्दै उक्त कित्ताकाटलाई दसैँअगावै खुलाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।


स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने भू–उपयोग योजना समयमै तयार नगर्दा नागरिक र व्यवसायीले सास्ती पाउनुपरेको भन्दै सम्बन्धित पालिकालाई जवाफदेही बनाउन व्यवसायीहरूलाई समेत आग्रह गर्नुभयो ।


नेपाल जग्गा तथा आवास विकास महासङ्घका अध्यक्ष विष्णुप्रसाद घिमिरेले सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित बनाउन ल्याएको लाइसेन्स प्रणालीको स्वागत गर्दै तालिम प्राप्त तथा इजाजतपत्र प्राप्त कम्पनीलाई मात्र कारोबारमा प्राथमिकता दिनुपर्ने बताउनुभयो ।


अध्यक्ष घिमिरेले जग्गामा लगाइएको हदबन्दीले व्यवसायीहरूलाई ठूलो समस्या परेको भन्दै उक्त हदबन्दीलाई चाँडो हटाउनुपर्ने बताउनुभयो । उहाँले ७५३ स्थानीय तहमध्ये ४२१ वटामा मात्र भू–उपयोग वर्गीकरण भएको र धेरै स्थानमा कित्ताकाट रोकिँदा सर्वसाधारण तथा व्यवसायी समस्यामा परेको उल्लेख गर्नुभयो ।


अध्यक्ष घिमिरेले सरकारी मूल्याङ्कन र वास्तविक कारोबार मूल्यबीच ठूलो अन्तर हुँदा पुँजी समायोजन र बैंकिङ प्रणालीमा अप्ठ्यारो परेकाले राजस्व तथा लाभकर घटाएर व्यावहारिक मूल्याङ्कन कायम गर्नुपर्ने बताउनुभयो ।


भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक जनकराज जोशीले भू–व्यवस्थापनमा पारदर्शिता र सुशासन कायम गर्न तालिम प्रदान गरिएको बताउनुभयो । तालिममा भूमिसम्बन्धी संवैधानिक, कानुनी तथा नीतिगत व्यवस्थादेखि प्राविधिक र व्यावसायिक कौशलतासम्मका विषयलाई समेटिएको थियो ।


उक्त तालिममा पाँच प्रदेशका २० जनाको सहभागिता रहेको थियो । तालिमका संयोजक एवं केन्द्रका निर्देशक रामकुमार सापकोटाले जग्गा प्रशासन, भू–उपयोग नीति, नाप नक्सा, कित्ताकाट तथा कित्ता नापीका प्राविधिक सीमितता र घरजग्गा मूल्याङ्कनजस्ता व्यावहारिक विषयमा तालिम केन्द्रित रहेको बताउनुभयो ।


तालिमका क्रममा डिल्लीबजारस्थित मालपोत तथा नापी कार्यालयको स्थलगत अवलोकन गराई व्यावहारिक अनुभवसमेत प्रदान गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा तालिममा भाग लिएका प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । 

यस्ता छन् सरकारले सार्वजनिक संस्थानमा देखेको चुनौती र समस्या
पर्यटक बढेपछि बागलुङका व्यवसायी उत्साहित
गत असोजमा घरजग्गा कारोबारबाट दुई अर्ब ७५ करोड राजस्व सङ्कलन
तिहारमा पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने
विद्युतीय सामग्रीको व्यापार घट्यो
सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँ घट्यो
व्यावसायिक सयपत्री फूल उत्पादन
बैङ्क तथा वित्तीय संस्थाले सिएसआरको रकम जेनजी आन्दोलन प्रभावितको हितमा लागि खर्च गर्न सक्ने
बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन
सुनको मूल्य तोलामा तीन हजारले वृद्धि
सडक विभागले भन्यो-केही दिन मुख्य राजमार्ग नै प्रयोग गर्नू
दसैँमा बर्सेनि महँगो भाडाको मारमा हवाई यात्रु
कम मूल्यमै टिकट उपलब्ध छ : वायुसेवा सञ्चालक सङ्घ
नेपाल टेलिकमको बिलिङमा समस्या, कयौं फोन वान–वे
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने
राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
दशैंका लागि भदौं २९ गते पैसा साटन सकिने
सुनको मुल्य दुई लाख नाघ्यो
शतप्रतिशत नतिजा हासिल गर्न मन्त्री खड्काको सचिवत्रयलाई निर्देशन
सुनचाँदीको मूल्य बढ्यो
शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब
करबारे व्यवसायीलाई सिकाउँदै कर कार्यालय
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
बजेटका उदेश्य पूरा गर्न अर्थमन्त्रीको निर्देशन
सुन प्रति तोला १ लाख ९६ हजार बढीमा कारोबार हुदैँ
चितवनमा कुखुरामा देखियो 'चिकेन एनेमिया भाइरस'
सुन प्रति तोला २ लाख पुग्न ६ सय बाँकी
सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?
विदेशी मुद्राको विनिमय दर सार्वजनिक: डलरको दर फेरि उकालो, युरो र पाउण्ड पनि महँगिए
एनसेलले सुरु गर्‍यो अन्तर्राष्ट्रिय भोल्टे रोमिङ सेवा, भारतबाट सुरु
सुनको मूल्य मंगलबार तोलामा १९ सय रुपैयाँले बढ्यो

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .