इ चितवन खबर
December 11, 2025
काठमाडौँ ।विश्व प्रसिद्ध हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनको सौराहामा आयोजना हुने भएको छ । नेपालको आधिकारी राष्ट्रिय वितरक म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालीले यही मङ्सिर २७ गते संयोजन गर्ने भेलालाई हिक भिजन चीनका नेपाल देशीय व्यवस्थापक लियोन झिले विशेष सम्बोधन गर्नुहुने छ ।
सम्मेलनमा देशभरका हिक भिजन ‘ब्राण्ड’को नेपालको आधिकारी वितरकहरु सहभागी हुने कम्पनीका प्रबन्ध निर्देशक प्रमोदकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार वितरक भेलामा सूचना प्रबिधिका उद्यमी, वितरक साझेदारले नवीनतम् विषय र हिक भिजनका उत्पादनसँग सम्बन्धीत ‘फ्रेन्ड्लि सफ्टवेयर’का बारेमा जानकारी लिन सक्ने छन् ।
भेलामा आगामी सन् २०२६ को योजना, सन् २०२५ को समीक्षा र सन् २०२४ को डिलर पार्टनको तर्फबाट उत्कृष्ट दश डिलरलाई सम्मान तथा अन्य डिलरलाई सम्मान गरिने उहाँले बताउनुभयो । म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालीका सञ्चालक समितिका अध्यक्ष एवम् कार्यकारी निर्देशक मणिकुमार तामाङले हिक भिजन ‘ब्राण्ड’ उपकरण विश्वासिला, गुणस्तरीय र भरपर्दाे रहेका बताउनुभयो । उहाँले भन्नुभयो, “हिक भिजन ‘ब्राण्ड’ उत्पादनको बार्षिक वितरक भेलाले आगामी दिनमा यसको प्रवद्र्धन गर्न सहयोग मिल्नेछ । ”
हाल हिक भिजन चीनबाट उत्पादित सिसिटिभी सर्भिलेन्स सम्बन्धी सम्बन्धी सिरिज घरयासी प्रयोजनदेखि पसल अफिस , विद्यालय , सभाहल टोल सार्वजनिक स्थल लगायत आदिमा प्रयोग गर्न मिल्ने क्षमताको सिसिटिभी , हाजिरी उपस्थिति उपकरण , स्मार्ट इन्टरआक्टिभ बोर्ड , लक सिस्टक , गेट ब्यारिअर , अलार्म सिष्टम , फायर स्मोक लगायतका डिटेक्टर सिष्टम, अण्डर भेहिकल सर्भिलियन्स सिष्टम एक्सर मेसिन लगायत उपकरण छन् ।
कार्यकारी निर्देशक तामाङलले भन्नुभयो “हिक भिजन चीनबाट उत्पादित उपकरण ,सरसमान नेपालको विभिन्न स्थानबाट अधिकारी बिक्रेता मार्फत ‘स्टलेशन’ को सुबिधा सहित प्राप्त गर्न सकिने छ ।”
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
June 04, 2026
June 04, 2026
June 04, 2026
June 03, 2026
June 02, 2026
June 01, 2026
May 31, 2026
May 31, 2026
May 30, 2026
May 30, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .