इ चितवन खबर
October 08, 2025
चितवन। जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये अझै १५६ जना फर्किएका छैनन् । कारागार कार्यालयले असोज २० गतेसम्म कारागार नफर्किए कारबाही हुने भन्दै सूचना जारी गरे पनि हालसम्म उनीहरू नफर्किएको कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाले तोकिएको समयभित्र ५७८ जना कैदीबन्दी फर्किएका छन् । जसमध्ये ५३९ जना पुरुष र ३७ जना महिला रहेका छन् । उनीहरूसँग दुई जना नाबालक पनि फर्किएका छन् । भागेका कैदीबन्दीमध्ये ६० जनाको परिवारसँग सम्पर्क हुन सकेको र अरूको हकमा परिवारसँग सम्पर्क भए पनि नफर्किएको उनले बताए ।
‘जेनजी’ आन्दोलनका क्रममा भदौ २५ गते यस कारागारबाट ७४२ जना कैदीबन्दी भागेका थिए । उनीहरूलाई पटक–पटक सूचना जारी गरी सम्पर्कमा आउन भनिएको थियो । यहाँबाट भागेका आठ जना कैदीबन्दीमध्ये चारजना भैरहवा कारागार, धादिङ, सुर्खेत, बागलुङ र नुवाकोट कारागारमा एक/एक जना पुगेका छन् ।
यस्तै, कारागार कार्यालय चितवनमा पनि विभिन्न जिल्लाबाट भागेका २१ जना कैदीबन्दी आएका कार्यालय प्रमुख ढुङ्गानाले बताए । कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएकालाई अब कारागार ऐन र प्रचलित कानुनअनुसार कारबाही गरिने उनले बताए । यस्तै, फरार रहेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाईसमेत कसुरदार ठानी कारबाही गरिने जनाइएको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 18, 2026
October 18, 2026
October 17, 2026
October 17, 2026
October 16, 2026
October 16, 2026
October 15, 2026
October 15, 2026
October 15, 2026
October 14, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .