इ चितवन खबर
July 30, 2025
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट बुधबार थप २५ अर्ब रुपैयाँको तरलता तान्ने भएको छ। राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गर्दै ४२ दिन अवधिका लागि तरलता संकलन गर्न लागेको जानकारी दिएको हो।
सूचना अनुसार बोलकबोल प्रक्रियामार्फत हुने उक्त निष्कर्षणमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ प्रस्ताव गर्न सकिनेछ भने अधिकतम ५ करोड रुपैयाँका दरले भाग लगाएर निःशेष भागसम्म स्वीकृति दिइनेछ।
बोलकबोल आज (साउन १५) दिउँसो ३:०० बजे Online Bidding System Software मार्फत हुनेछ। यस निष्कर्षणको साँवा र ब्याज भुक्तानी भदौ २५ गते हुने जनाएको छ। राष्ट्र बैंकले यस माध्यमबाट प्रणालीमा रहेका अतिरिक्त तरलता नियन्त्रण गरी मौद्रिक सन्तुलन कायम गर्न खोजेको हो।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 09, 2026
October 06, 2026
October 03, 2026
September 30, 2026
September 30, 2026
September 28, 2026
September 26, 2026
September 25, 2026
September 25, 2026
September 23, 2026
October 09, 2026
October 09, 2026
October 08, 2026
October 08, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .