श्रावणी झुला महोत्सव सम्पन्न

इ चितवन खबर

July 28, 2025

भैरहवा। भैरहवास्थित श्री नारायणस्थान मन्दिरमा आयोजित तीनदिने श्री झुला महोत्सव आइतबार श्रद्धा र भक्तिभावका साथ सम्पन्न भएको छ। साउन ९ देखि ११ गतेसम्म चल्ने महोत्सवमा हजारौं भक्तजनको सहभागिता रहेको थियो।


श्रीकृष्ण र नारायणको संयुक्त आराधना स्थलका रूपमा परिचित नारायणस्थान मन्दिरमा प्रत्येक वर्ष झैं यो वर्ष पनि श्रावणी झुला उत्सव विशेष उत्साहका साथ मनाइएको हो। धार्मिक वातावरणमा सम्पन्न महोत्सवमा भक्तजनले झुला आराधनासँगै आध्यात्मिक शान्तिको अनुभूति गरेका छन्।


महोत्सवका क्रममा कथा वाचक आचार्य ओमप्रकाश सुवेदीको मार्गदर्शनमा धार्मिक प्रवचन, भजन संध्या र भण्डारा कार्यक्रम आयोजना गरिएको थियो। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल उपाध्यायले कार्यक्रम संयोजनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। समितिकी सदस्य मिना श्रेष्ठले झुला उत्सवलाई राधा–कृष्णको प्रतीक र प्रकृतिसँग एकाकार हुने अवसरका रूपमा व्याख्या गर्दै भक्तजनको भावनात्मक जुडाव उल्लेख गर्नुभयो। वरिष्ठ उपाध्यक्ष माधवी शर्माका अनुसार, “गुरुको कथा सुन्दा वृन्दावनमै पुगेझैँ अनुभूति भयो, महोत्सव सकिँदा छुट्टिनु गाह्रो लागेको छ।”


आयोजकका अनुसार, महोत्सवले धार्मिक परम्परा जगेर्ना गर्दै समाजमा एकता र श्रद्धाको भावना फैलाएको छ। कार्यक्रमको सफलतामा सचिव जितेन्द्रनाथ शर्मा, कोषाध्यक्ष बालकृष्ण अधिकारी लगायत समितिका सम्पूर्ण सदस्यको सहयोग रहेको बताइएको छ।


नारायणस्थान मन्दिर समितिले आगामी वर्षहरूमा झुला महोत्सवलाई झनै भव्य र व्यवस्थित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

 


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

October 13, 2026

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

October 13, 2026

घरघरमा जमरा राखियो

October 11, 2026

विद्यालय बस दुर्घटना : पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी

October 10, 2026

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

October 10, 2026

‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’

October 09, 2026

पोखरामा स्कुल बस दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको पहिचान

October 09, 2026

समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छ : राष्ट्रपति

October 08, 2026

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न मतदान दिउँसो १ः०० देखि

October 08, 2026

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैन : सभापति थापा

October 07, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .