इ चितवन खबर
July 24, 2025
सिंगापुर। वातावरण संरक्षण र सफा पृथ्वीका लागि चार दिनसम्म चलेको ‘लेट्स डु इट वर्ल्ड’ एसिया क्षेत्रीय लिडर्स एकेडेमी २०२५ सिंगापुरमा सम्पन्न भएको छ। ऐतिहासिक कार्यक्रममा २१ देशका ४४ जना प्रेरणादायी नेतृत्वकर्ताहरू मध्येबाट मिलन न्यौपानेले नेपालको तर्फबाट गौरवपूर्ण प्रतिनिधित्व गरेका थिए ।
जुलाई १७ देखि २० सम्म चलेको कार्यक्रममा सहभागीहरूले अनुभव साटासाट, नवीन विचार र वातावरणीय चुनौती समाधान गर्ने प्रतिबद्धता प्रस्तुत गरेको थियो । उद्घाटन समारोहमा ‘लेट्स डु इट सिंगापुर’ का चून हुई, एसिया क्षेत्रीय निर्देशक अगुस्टीना इस्कान्दार र ‘लेट्स डु इट वर्ल्ड’ की अध्यक्ष हेइडी सोल्बाले प्रेरणादायी मन्तव्य दिएका थिए ।
सिंगापुरको राष्ट्रिय विश्वविद्यालयका प्रोफेसर शिवाले १९६८ देखि सुरु भएको सिंगापुरको सरसफाइ यात्राको प्रेरक कथा सुनाए भने डा. क्रिस्टिना लिउले सरसफाइ र स्वास्थ्यबीचको गहिरो सम्बन्धबारे प्रकाश पार्नु भएको थियो ।
कार्यक्रमका दौरान सहभागीहरूले Strive for Five अभियानबारे छलफल गरे, कार्यशाला र समूहगत योजना बनाए र भविष्यमा वातावरणीय आन्दोलनलाई अझ सशक्त बनाउने विषयमा योजना बनाइएको थियो । अन्तिम दिन बिहानको सुर्यास्तसँगै सबै सहभागीहरूले समुद्रले बगाएर ल्याएको फोहोर उठाउँदै नदी किनारको सुन्दर म्यांग्रोभ क्षेत्रमा सफाइ अभियानमा सामेल भएका थिए ।
नेपालका प्रतिनिधि मिलन न्यौपानेले यस्तो अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा आफूलाई भाग्यमानी र कृतज्ञ महसुस भएको बताए। उनले यहाँ सिकेका कुराहरू नेपालमा लागू गर्दै वातावरणीय सुधारमा अझै सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 13, 2026
October 13, 2026
October 11, 2026
October 10, 2026
October 10, 2026
October 09, 2026
October 09, 2026
October 08, 2026
October 08, 2026
October 07, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .