इ चितवन खबर
February 26, 2025
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो दाबी हाँस्यास्पद भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै पोखरेलले प्रचण्डले हालै आफ्नो दलको सहयोगमा कांग्रेस र एमाले ठूलो भएपनि पछिल्लो समय आफूहरुले साथ नदिएपछि सानो हुन थालेको बताएएपछि यस्तो टिप्पणी गरेका हुन् ।
पोखरेलले प्रचण्डको उक्त दाबीलाई हाँस्यास्पद भन्दै प्रचण्डले अस्थिर र स्वार्थपरक नीति तथा द्धैद्ध चरित्रको कारण माओवादी आन्दोलनले कार्यकर्ताको विश्वास र जनताको जनादेश गुमाएको दाबी समेत गरेका छन् ।
उनले भनेका छन्-
नेकपा (एमाले) र नेपाली कांग्रेसको सहयोगमा सत्ता समिकरणको कथित म्याजिक नम्वर पाउन सफल नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले ती दलहरुको सहयोग नपाउने भएपछि आफ्नो सहयोगमा ती दल ठुला भएको हास्यास्पद दावी गरेछन् ।
वास्तवमा सरकारको नेतृत्वमा रहदा पुष्पकमल दाहाल प्रचण्डले अवलम्वन गरेको अस्थिर र स्वार्थपरक नीति तथा द्वैध चरित्रका कारणले माओवादी आन्दोलनले कार्यकर्ताको विश्वास र जनताको जनादेश गुमाउन पुगेको हो । यो क्रम निरन्तर जारी छ । त्यसको हेक्का भएर नै प्रचण्डमा यतिवेला तिव्र निरासा र छटपटाहट देखिन थालेको छ ।
साच्चै नेपालको राजनीतिलाई विकास र समृद्धिका लागि राजनीतिक अस्थिरताको दुश्चक्रवाट मुलुकलाई वाहिर निकाल्ने हो राजनीतिक ध्रुविकरणको वाटोमा जानु आवश्यक छ ।त्यसका लागि अव आउने चुनावमा सबै राजनीतिक दलले गठवन्धन विना आफ्नो नीति तथा कार्यक्रमका आधारमा जनतामा जाने आँट गर्नु पर्दछ । यस्तो भएमा कथित म्याजिक नम्वरको नाममा साना दलले ठुला दलहरुमाथि शासन गर्ने स्थित अन्त्य हुनेछ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
December 24, 2025
December 23, 2025
December 21, 2025
December 19, 2025
December 18, 2025
December 18, 2025
December 17, 2025
December 17, 2025
December 16, 2025
December 15, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .