इ चितवन खबर
July 21, 2025
काठमाडौँ । रातोमसी डटकमको प्रमुख निर्मातामा सञ्चारकर्मी बिना श्रेष्ठ नियुक्त भएकी छिन् । रातोमसीको कार्यालयमा एक कार्यक्रममा उनलाई नियुक्त एवं स्वागत गरिएको हो । उनलाई अध्यक्ष सुमन मैनाली, प्रधान सम्पादक जन्मदेव जैसी लगायतले स्वागत गर्दै शुभकामना दिएका थिए ।
रातोमसीको प्रमुख निर्मातामा नियुक्त भएकी श्रेष्ठ रातोमसीको ‘THE BOND THAT MATTERS’ नामक अन्तरवार्तामूलक कार्यक्रममा समेत प्रस्तोताको भूमिकामा देखिनेछिन् । श्रेष्ठले रचनात्मक ढङ्गबाट कार्यसम्पादन गर्ने अपेक्षा सञ्चार गृहले लिएको अध्यक्ष सुमन मैनालीले बताएका छन् ।
ललितपुर निवासी श्रेष्ठसँग यसअघि जनता टेलिभिजनमा कार्यक्रम प्रस्तोता एवं निर्माता, टिभी टुँडे टेलिभिजन र प्राइम टेलिभिजनमा प्रमुख कार्यकारी निर्माताका रूपमा काम गरी सकेको अनुभव छ । उनी लोकप्रिय कार्यक्रम ‘The Bina's show’ कि निर्माता एवं प्रस्तोता पनि हुन् । श्रेष्ठले N plus professional, stella professional, भारतीय कम्पनी नन्दनी हर्बल लगायतमा Brand Ambassador का रूपमा समेत काम गरेकी छिन् ।
दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय श्रेष्ठले म्युजिक भिडियोहरूमा समेत निर्देशन गर्ने गरेकी छिन् ।
Happy ( १००% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 11, 2026
October 10, 2026
October 10, 2026
October 09, 2026
October 09, 2026
October 08, 2026
October 08, 2026
October 07, 2026
October 07, 2026
October 06, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .