भरतपुर अस्पतालमा आफूले चाहेको चिकित्सक सँग परीक्षणका लागि अग्रिम बुकिङ्ग सुविधा

इ चितवन खबर

February 24, 2025

चितवन  । भरतपुर अस्पतालले चिकित्सक सँगको परामर्शको लागि नयाँ अपोइन्टमेन्ट प्रणाली लागू गरेको छ। 

अस्पतालका मेसु प्रा.डा कृष्णप्रसाद पौडेलले एक सुचना जारी गर्दै अब बिरामीहरूले आफूले चाहेको चिकित्सकसँग परिक्षण गराउनका लागि अग्रिम बुकिङ गर्न सक्ने बताउनुभएको छ। बिरामीहरूले आफ्नो नाम, ठेगाना र उमेर सहित एसएमएस अथवा वाट्सएप मार्फत ९८५५०१९१६० नम्बरमा म्यासेज पठाउन सक्नेछन्, वा कार्यालय समयमा सोही नम्बरमा फोन गरेर पनि बुकिङ गर्न सकिने सुचनामा उल्लेख छ । 

बिरामीको अनुरोध प्राप्त भएपछि, दिन र समय निर्धारण गरी सम्बन्धित बिरामीलाई जानकारी दिइनेछ। यस व्यवस्थाले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नमा सहयोग पुर्याउने मेसु डा पौडेलको अपेक्षा छ ।


# स्वास्थ्य

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .