इ चितवन खबर
June 30, 2025
चितवन। लोकदोहोरी क्षेत्रको प्रवर्द्धन तथा नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले चितवनमा लोकगीत प्रतियोगिता हुने भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति चितवनको आयोजनामा प्रतियोगिता असार २१ गते, शनिबार जुगेडीस्थित संस्थाको आफ्नै भवनमा आयोजना गरिनेछ।
प्रतियोगिताको माध्यमबाट कुनाकुनामा लुकेर बसेका प्रतिभाहरुको पहिचान हुने कार्यसमिति सदस्य भुमिराज घिमिरेले बताउनुभयो । लोक संस्कृतिमा धनी र प्रतिभावान, क्षमतावान कलाकर्मी जन्माउने हुँदा दुरदराजमा लुकेर रहेका प्रतिभाहरुलाई बाहिर ल्याउने प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । प्रतियोगिता बिहान १० बजेबाट सुरु हुनेछ। प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार, दोस्रोलाई ७ हजार, तेस्रोलाई ५ हजार र सान्त्वना पुरस्कारस्वरूप ३ हजार रुपैयाँ प्रदान गरिनेछ।
जिल्ला अध्यक्ष कृष्णप्रसाद भट्टराईले प्रतियोगितामा सहभागी हुन चाहनेले असार २० गते साँझ ४ बजेसम्म नाम दर्ता गरिसक्नुपर्ने जानकारी दिए। नाम दर्ताका लागि मो.९८४५०५६८६९ वा मो.९८४५४१९५३१ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 13, 2026
October 13, 2026
October 11, 2026
October 10, 2026
October 10, 2026
October 09, 2026
October 09, 2026
October 08, 2026
October 08, 2026
October 07, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .