इ चितवन खबर
June 28, 2025
चितवन । लामो समयदेखि चितवन र नवलपुर क्षेत्रको खेलकुदको गतिविधिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएका सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङका प्रिन्सिपल यज्ञविलाश (वाईबी) पौडेल खेलकुद तथा शैक्षिक सम्मानबाट सम्मानित हुनु भएको छ ।
मोफसलकै चर्चित लक्की मिडिया हाउसले आयोजना गरेको ‘दोस्रो लक्की फिल्मी अवार्ड तथा सम्मान कार्यक्रम’ मा उहाँलाई सम्मान गरिएको हो । उहाँले लामो समयदेखि विद्यार्थीहरुलाई पढ्नका लागि जापानसहितका देशहरुमा पठाउँदै आउनु भएको छ । त्यस्तै नवलपुर र चितवनमा हुने हरेक खेलकुदका गतिविधिमा उहाँले आर्थिक सहयोग गर्दै खेलकुद र शिक्षालाई जोड्ने काम गर्नु भएकोले खेल र शिक्षामा पौडेलले पुर्याउनु भएको योगदानको उच्च प्रसंशा गर्दै सम्मानित गरिएको आयोजक लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की 'लक्की' ले बताउनुभयो ।
युवा उद्यमी पौडेल खेलकुदप्रेमी, शिक्षासेवी, विकासप्रेमी तथा सबैका प्रिय भएकाले समेत उहाँलाई सम्मानित गरिएको कार्कीको भनाइ छ । पौडेलले शैक्षिक नेतृत्व, खेलकुद मार्फत शैक्षिक प्रवद्र्धन तथा विद्यार्थीहरुको समग्र विकासमा पुर्याउनु भएको योगदान अत्यन्त प्रशंसनीय रहेको कार्कीले बताउनुभयो । यस कार्यक्रम मार्फत पौडेलसहित समाज रुपान्तरणमा महत्वपूर्ण योगदान दिन नौ जनालाई सम्मानित गरिएको कार्कीको भनाइ छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 13, 2026
October 13, 2026
October 11, 2026
October 10, 2026
October 10, 2026
October 09, 2026
October 09, 2026
October 08, 2026
October 08, 2026
October 07, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .