इ चितवन खबर
June 22, 2025
चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु पाँच अर्ब १९ करोड ७१ लाख ६६ हजार बजेट प्रस्तुत गरेको छ । महानगरको १७औँ नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुभएको हो ।
कूल बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक आयबाट रु एक अर्ब ८० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु दुई अर्ब १५ करोड ७६ लाख, सङ्घीय राजस्व बाँडफाँडबाट रु ३१ करोड ९१ लाख र प्रदेश राजस्व बाँडफाँडबाट रु १४ करोड ४ लाख ४१ हजार अनुमान गरिएको छ । जनसहभागिताबाट रु ५ करोड, बैंक मौज्दातबाट रु ७० करोड र सडक बोर्ड नेपालबाट रु तीन करोड प्राप्त हुने प्रक्षेपण गरिएको सभामा जानकारी दिइयो ।
बजेटले अधुरा तथा क्रमागत आयोजनाको निरन्तरता, सहरी पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई मुख्य प्राथमिकतामा राखेको उपप्रमुख अधिकारीले बताउनुभयो । आगामी आर्थिक वर्षको बजेटले बजेटले सहरी पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको सभामा जानकारी दिइयो । अधुरा तथा क्रमागत आयोजना सम्पन्न गर्न रु ६० करोड, बहुवर्षीय ठेक्काको भुक्तानीका लागि रु २४ करोड ५० लाख र वडास्तरीय आयोजनाका लागि रु ९४ करोड ७८ लाख विनियोजन गरिएको छ ।
गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको अधुरो कार्य सम्पन्न गर्न साझेदारीका लागि रु चार करोड र महानगरको प्रशासनिक भवन निर्माणका लागि रु चार करोड विनियोजन गरिएको छ । कृषि तथा पशुविकास कार्यक्रमका लागि रु ९ करोड विनियोजन गरिएको अधिकारीले बताउनुभयो ।
शिक्षा र स्वास्थ्य : गुणस्तरीय शिक्षामा पहुँच बढाउन शैक्षिक कार्यक्रमका लागि रु १० करोड ५० लाख, स्वास्थ्य सेवा तर्फ भरतपुर अस्पतालमा निः शुल्क बहिरङ्ग टिकट सहीत स्वास्थ्य सेवा सुधारका लागि रु तीन करोड भन्दा बढी बजेट विनियोजन गरिएको छ ।
सामाजिक विकास र रोजगारी : ‘छोरीहरूको लागि बाल उमङ्ग जीवन बिमा’ कार्यक्रम, खेलकुद क्षेत्रको बिकासका लागि बजेट, उद्यमशिलता बिकास र रोजगारी सिर्जना, वातावरण सरसफाई, खानेपानी निःशुल्क, सरसफाइ र हरियाली प्रवर्द्धन जस्ता कार्यक्रमलाई उच्च प्रथामिकतामा राखेर काम गरिएको सभामा उपप्रमुख अधिकारीले जानकारी दिनुभयो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 09, 2026
October 06, 2026
October 03, 2026
September 30, 2026
September 30, 2026
September 28, 2026
September 26, 2026
September 25, 2026
September 25, 2026
September 23, 2026
October 09, 2026
October 09, 2026
October 08, 2026
October 08, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .