इ चितवन खबर
June 22, 2025
चितवन । लक्की फिल्मी अवार्ड’ को टाइटल प्रायोजक रुपमा लेक ट्वान्टी थाउजेण्ड फार्म एण्ड रिसोर्ट (एलटिके हवेली) ले सहकार्य गर्ने भएको छ । यही असार १२ गते बिहीबार, बिहान ११ बजेदेखि डल्फिन फनपार्क एण्ड रिसोर्ट चितवनमा हुन लागेको फिल्मी अवार्डलाई सफल पार्न लेक ट्वान्टी थाउजेण्ड फार्म एण्ड रिसोर्ट (एलटिके हवेली) ले सहकार्य गरेको हो ।
लक्की मिडिया हाउस चितवनले आयोजना गर्न लागेको अवार्ड कार्यक्रममा विभिन्न ११ विधामा अवार्ड दिइने जनाइएको छ । चलचित्र क्षेत्रको विकास, प्रर्वद्धन तथा कलाकारहरुको प्रोत्साहनका लागि लक्की मिडिया हाउस निरन्तर क्रियाशिल छ ।
भरतपुर महानगरपालिका–६ देवनगर, चम्पानगरस्थित लेक ट्वान्टी थाउजेण्ड फार्म एण्ड रिसोर्ट (एलटिके हवेली) चितवन भरतपुरको व्यस्त बजारदेखि भित्र एकान्त र शान्त वातावरणमा अवस्थित छ । रिसोर्टमा संघ/संस्थाका कार्यक्रम, विवाह, रिसेप्शन पार्टी, जन्मदिनका कार्यक्रम, पारीवारिक जमघट तथा सांगीतिक कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् । उक्त रिसोर्टमा बच्चादेखि वृद्ध उमेर समूहका सबै पाहुनाहरुका लागि फेमली कटेज समेत रहेको छ । लेक ट्वान्टी थाउजेण्ड फार्म एण्ड रिसोर्ट (एलटिके हवेली) का प्रबन्धक राजेश शर्मा आचार्यले सिने क्षेत्रको प्रर्वद्धन गर्न हातेमालो गर्न पाएकोमा खुशी लागेको बताए ।
लेक ट्वान्टी थाउजेण्ड फार्म एण्ड रिसोर्ट (एलटिके हवेली) मा २२ वटा सुविधा सम्पन्न डिलक्स रुम छन् । एउटा पार्टी हल रहेको रिसोर्टमा योग र ध्यानका लागि ८० जना क्षमताको छुट्टै हलसमेत रहेको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 13, 2026
October 13, 2026
October 11, 2026
October 10, 2026
October 10, 2026
October 09, 2026
October 09, 2026
October 08, 2026
October 08, 2026
October 07, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .