इ चितवन खबर
June 06, 2025
चितवन ।अर्किड स्कुल भरतपुर १० ले विश्व वातावरण दिवसको अबसर पारी राजमार्ग छेउ सरसफाइ र बीस हजारी ताल क्षेत्र वरवर सरसफाइ कार्यक्रम आयोजना गरेको छ। विद्यालयमा रहेको इको क्लब ले भरतपुर पुर्वमा रहेको महानगर गेटदेखि वरण्डाभार क्षेत्र वरपर राजमार्ग छेउछाउ मा सरसफाइ कार्यक्रम गरेका थिए ।
शिक्षक, कर्मचारी सुरक्षाकर्मी सहित थुप्रै संख्यामा उपस्थित छात्रछात्रा हरूले राजमार्गमा ब्यानर सहित फोहरमैला संकलन र ब्यबस्थापन गरेका थिए। त्यसैगरी विद्यालयमा नै रहेको स्काउट समूह ले विसहजारी ताल क्षेत्र वरपर रहेको जलकुम्भी झारलाई पन्छाइ सरसफाइ कार्यक्रम सम्पन्न गरेका थिए ।
विद्यालय अतिरिक्त क्रियाकलाप विभाग प्रमुख अमित भुसालका अनुसार अर्किड मा.विले प्रत्येक वर्ष विविध कार्यक्रम आयोजना गरि धार्मिक, प्राकृतिक सम्पदा को सरसफाइ र संरक्षण को लागि कार्य विभिन्न अवसरहरूमा गर्दै आएकोमा यस वर्ष राजमार्ग सरसफाइ र विसहजारी क्षेत्र संरक्षण सम्बन्धि कार्य गरेको हो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 13, 2026
October 13, 2026
October 11, 2026
October 10, 2026
October 10, 2026
October 09, 2026
October 09, 2026
October 08, 2026
October 08, 2026
October 07, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .