केही आरोह, अवरोह, अवरोधलाई पन्छाउँदै चितवन खबर पत्रिका पन्धौं वर्षमा पाइला टेक्न सफल भएका छौं : महाप्रबन्धक हरि कार्की 'लक्की'

इ चितवन खबर

June 02, 2025

चितवन । चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले चौधौ वर्ष पूरा गरेर पन्ध्रौं औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा हाम्रा सम्पूर्ण पाठकवृन्द, बिक्रेता, वितरक, विज्ञापनदाता, सबै सहयोगी एवं शुभेच्छुकहरुप्रति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।

 

चितवन खबरले झण्डै एक दशक अघि व्यवसायी पत्रकारिताको शुभारम्भ गर्दा १० वर्षे शसस्त्रद्वन्द्वको आगो निभिसकेर राजनीतिक गतिरोध अन्त्यको बाटोमा देश लम्किरहेको थियो । देशले राजनीतिक निकाससँगै आर्थिक विकासको लागि बामे सर्दै थियो । त्यतिबेला चितवनमा सीमित संख्याका पत्रिका र स्थानीय टेलिभिजनले गति लिदै थिए । अवसर र चुनौति बीचको उक्त समयलाई हेररे हामीले चितवनमा पहिलो पटक चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाको आवश्यकता महसुस गयौं । त्यसैबेलादेखि हामी समाजको सहयात्री भई सूचना समाचार विश्लेषण र ज्ञान प्रभाव गर्ने माध्यम बन्न पुग्यौं । प्रकाशनको शुरुवाती क्षणदेखि नै हामीले पत्रकारिताको धर्म र प्रतिवद्धताामा कहिले कमी आउन दिएर्नौं । केही आरोह, अवरोह, अवरोधलाई पन्छाउँदै हामी अहिले पन्ध्रौं वर्षमा पाइला टेक्न सफल भएका छौं ।

 

मुलुकमा राजनीतिक स्थायित्वको आगमनसँगै पत्रकारिताको दायरा अझ फराकिलो हुने र राम्रोसँग फल्ने, फुल्ने, फस्टाउने हाम्रो बुझाई थियो । अभिव्यक्ति, स्वतन्त्रता र व्यवसायिक पत्रकारिताको अपेक्षा हामीले गरेका छौं । तर, पछिल्ला घटनाक्रमले अझैपनि प्रेस जगतलाई कुण्ठित गर्ने प्रयास राज्य र अन्य समुहबाट हुँदै आएका छन् । लामो संर्घषपछिको संविधानलाई संस्थागत गर्दै जनताका हक, अधिकारलाई संरक्षण गर्ने दौरानमा हामीले अनवरत आवाज उठाईरह्यौं । पत्रकारिता आफैमा एउटा सेवामुलक व्यवसाय हो । तर पत्रकारिता जुन रुपमा स्वतन्त्र, निस्पक्ष र विश्वसनीय हुनु पर्ने हो त्यो अस्वस्थ प्रतिस्पर्धाका बीच हामीले हाम्रा प्रकाशनलाई विश्राम हुन दिएनौं । यो प्रतिकुलताको प्रभाव समाजका अन्य क्षेत्रमा झैं पत्रकारितामा पनि परेको छ । त्यसबाट हामी केही अप्ठ्यारोमा छौं । तर निस्पक्ष, तठस्थ पत्रकारिता प्रति हाम्रो निष्ठामाा किन्चित कमी आउन दिने छैनौं ।

 

चितवन खबर पत्रिकासँगै अनलाइन संस्करण इ–चितवन खबर डट कम निरन्तर प्रकाशनमा ल्याएका छौं । प्रविधिको विकास र आम जनसमुदायको चाहना अनुसार हामीले आफ्नो सामग्रीलाई पत्रिका सँगै डिजिटल माध्यम अनलाइन संस्करणबाट समेत पस्कने प्रयास गरिएको छौं । हाम्रो अनलाइन संस्करण इ–चितवन खबर डट कमले सयौं न्यूज पोर्टलका बीच स्वस्थ प्रतिस्पर्धा मार्फत व्यवसायिक पत्रकारितालाई अगाडि बढाउने कटिवद्धताका साथ आएका छौं ।

 

हामी हाम्रा सबै प्रकाशनहरूलाई अझ सशक्त बनाउन निरन्तर लागि पर्ने छौं । आम पाठक, दर्शक, श्रोता नै हाम्रो प्रतिबद्धता र प्रेरणाका स्रोत हुन् । स्वच्छ, तटस्थ, निष्पक्ष समाचार सम्प्रेषणमा विचलित हुने छैनौं । यसका लागि सदा झैं हामीलाई सबैको साथ रहने विश्वास लिएका छौं ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

घरघरमा जमरा राखियो

October 11, 2026

विद्यालय बस दुर्घटना : पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी

October 10, 2026

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

October 10, 2026

‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’

October 09, 2026

पोखरामा स्कुल बस दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको पहिचान

October 09, 2026

समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छ : राष्ट्रपति

October 08, 2026

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न मतदान दिउँसो १ः०० देखि

October 08, 2026

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैन : सभापति थापा

October 07, 2026

कांग्रेसको १५औँ महाधिवेशन : बिहीबार बिहान १० बजेदेखि मतदान

October 07, 2026

उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग

October 06, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .