इ चितवन खबर
June 02, 2025
चितवन । यहाँहरुलाई अवगत नै छ हामी पन्ध्रौं वसन्तमा प्रवेश गर्दैछौं । चितवनमा सर्वत्र खुलिरहेको पत्रिकाहरुको भिडमा आफूलाई परिचित गराउन कठिन कुरो हो र जोखिमपूर्ण कार्य पनि थियो त्यो । तर हामीले उक्त जोखिमलाई सहर्ष स्वीकार गर्यौं । पत्रिकाको प्रकाशन शुभारम्भ भयो ।
चितवनको विज्ञापन बजारले हामीलाई धान्न सक्ने नसक्ने हामी अन्यौलमा थियौ । तर हजारौं पाठकहरुको माया पाउने आशालाई शिरोधार्य गरेर पत्रिका सञ्चालनको आँट गर्यौं । अहिले उक्त आँटले उत्साहित बनाएको छ । यहाँ बेग्रेल्ती खुलेका पत्रिकाहरुको भिडमा प्रतिस्पर्धा गर्नु सहज थिएन । विभिन्न कठिनाईको बाबजुद प्रतिस्पर्धाबाट नै यहाँ सम्म पुगेका हौं । पत्रिकाको मुख्य आयस्रोत भनेको नै विज्ञापन हो । विज्ञापनकै माध्यामबाट हामीले हाम्रो प्रकाशनलाई निरन्तरता दिईरहेका छौं ।
कतिपय अवस्थामा ठुुला–ठुला बाधाहरु आईपरे पत्रिकाको नियमित प्रकाशनमा । तर हामी डगमगाएनौं । पत्रकारिताको क्षेत्रलाई व्यवसायिक बनाउने होडमा यहाँका कतिपय संचार माध्यामहरुबाट बजार बिगार्ने प्रयत्नहरु भए/गरे त्यसको सामना गर्न पनि चितवन खबर तयार रह्यो र लडयो पनि । यहाँ खुलेका केही दैनिक तथा साप्ताहिक पत्रिकाहरु दुई दिने घामछाँया भयो । अझ भनौं, पत्रकारिता क्षेत्रलाई नबुझेकाहरुले केही समयको रमाईलोका लागि प्रकाशन आरम्भ गरेर यस क्षेत्रबाटै विस्थापित भए । हामीले यसलाई पत्रकारिताको मर्म नबुझेकाहरुको लहरको रुपमा लिएका छौं । पेशा व्यवसाय कुनै पनि सहज हँदैन । हामीले यसलाई राम्रोसँग बुझेका छौं । कामको दौरानमा आएका बाधाहरु हाम्रा निम्ति पाठ भए ।
कहिले आर्थिक कठिनाई तथा कहिले अन्य कठिनाई हाम्रो पत्रिका प्रकाशनको क्रममा आए । त्यसलाई स्वीकार्दै अघि बढ्यौं र यहाँसम्म पुगेका छौं । कहिले कसैको हावादारी भनाईले हामीलाई गिराउने चेष्टाहरु भए यो सबै हाम्रा निम्ति पाठ बनेको छ । यहीकारण हामी अझ खारिएको महशुस गरेका छौं । यसलाई निरन्तरता दिंदै पछिल्लो दिनमा अझ सबल र सशक्त प्रकाशन हुनेछ भन्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 11, 2026
October 10, 2026
October 10, 2026
October 09, 2026
October 09, 2026
October 08, 2026
October 08, 2026
October 07, 2026
October 07, 2026
October 06, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .