इ चितवन खबर
March 28, 2025
बागलुङ। चैते दसैँको अवसरमा बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा परम्पराकालदेखि ठूलो मेला लाग्छ । यसलाई बागलुङ चिनाउने मेलाका रुपमासमेत लिइन्छ ।
नेपालकै महवपूर्ण मेलामध्येको एक चैत्राष्टमी मेला यसवर्ष चैत २० गतेदेखि २५ गतेसम्म आयोजना हुन लागेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।
हरेक वर्षको चैते दसैँको अवसर पारेर प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका भगवती मन्दिरको परिसरमा मेला आयोजना गरिने गरिन्छ । चैते दसैँका अवसरमा कालिका भगवती मन्दिर दर्शनका लागि लाखौंँ दर्शनार्थी आउने गरेका छन् ।
पर्यटन प्रवर्द्धन, संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रचारप्रसार र परम्पराको निरन्तरता दिने उद्देश्यले मेला आयोजना गरिँदै आइएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।
पर्वतका राजा प्रतापिनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजो दिएको कालिकामूर्ति घना जङ्गलकोबीचमा बिसाएर उठाउन खोज्दा नसकेपछि सोही ठाउँमा स्थापित गरी पूजा गर्ने चलन बसेको मन्दिरको अभिलेखमा उल्लेख छ ।
चैते दसैँ मेलामा घरायसी प्रायोजनका सामग्री डाला, नाङ्ला, ठेका, हातहतियारलगायतका बस्तुको परम्पराकालदेखिनै किनमेल हुने गरेको छ । चैते दसँैमा बागलुङ कालिका मन्दिरमा टाढा–टाढाका जिल्ला र भारतबाटसमेत भक्तजनको आगमन हुने गरेको छ ।
मेलाका अवसरमा पुरुष भलिबलको विजेतालाईरु दुई लाख ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई रु एक लाख ट्रफी, मेडल र प्रमाणपत्र, सेमिफाइनल पुग्ने समूहलाई रु २५ हजारसहित मेडल र प्रमाणपत्र तथा उत्कृष्ट खेलाडीलाई रु पाँच हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 10, 2026
October 09, 2026
October 06, 2026
October 03, 2026
September 30, 2026
September 30, 2026
September 28, 2026
September 26, 2026
September 25, 2026
September 25, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .