इ चितवन खबर
March 28, 2025
चितवन। भरतपुर महानगरपालिका वडा नम्बर १२, मुनालचोक, शुभलक्ष्मी मार्गमा अवस्थित किड्स वर्ल्ड मन्टेश्वरीको ८औं दीक्षान्त समारोह तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ।
किड्स वर्ल्ड मन्टेश्वोरीकी प्राचार्य सावित्री सुवेदी खनालको सभापतित्वमा आयोजित उक्त कार्यक्रम सोही मन्टेश्वरीका सल्लाहकार समितिका अध्यक्ष राजकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा मन्टेश्वरीका प्रबन्ध निर्देशक निरु खतिवडा, भरतपुर महानगरपालिका वडा नम्बर १२ का वडा सदस्य संजय थापा, मन्टेश्वरीका संयोजक नबिन खनाल लगायत शिक्षक, चितवन मन्टेश्वरी संघ(AMPS) की अध्यक्ष सविता पौडेल, अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
युकेजी तहबाट आधिकारिक आधारभुत शिक्षामा प्रवेश गरेका १६ जना विद्यार्थीहरुलाई दीक्षित गरिएको हो । २०७३ मा स्थापित मन्टेश्वरीले विद्यार्थीको रुची अनुसारको सिकाईमा जोड दिएको छ । विद्यार्थीको मनोभावना अनुसार बालमैत्री वातावरणमा उपयुक्त सामाग्री सहित मिश्रित विधिबाट शिक्षण सिकाई भइरहेको मन्टेश्वरीले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि कार्कीले छोटो समयमा नै किड्स वर्ल्डले एक स्थापित शैक्षिक संस्थाको रूपमा आफूलाई प्रस्तुत गर्न सफल भएकोमा प्रशंसा व्यक्त गर्नु भयो । साथै उहाँले मन्टेश्वरीलाई भौतिक पूर्वाधार र संरचनाका हिसाबले सम्पूर्ण उत्कृष्ट रहेको बताए। मन्टेश्वरीका बालबालिकाले प्रस्तुत गरेको उत्कृष्ट कार्यक्रमले मन्टेश्वरीको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उच्चस्तरको योगदान रहेको प्रमाणित गरेको उल्लेख गर्नु भयो ।
उक्त कार्यक्रममा चितवन AMPS की अध्यक्ष सविता पौडेलले मन्टेश्वरी शिक्षण पद्धतिलाई प्रभावकारी र गुणस्तरीय बनाउन स्कुल र अभिभावकबीच पारस्परिक सुमधुर सम्बन्ध हुनुका साथै साझा अठोट र लक्ष्यमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको थियो।
त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर १२ का वडा सदस्य संजय थापाले बालबालिकालाई निराश होइन, आशा जगाउने खालको शिक्षण-शिकाइको अभ्यास गर्नुपर्नेमा जोड दिनु भयो । साथै उहाँले आफ्नो घर नजिक रहेको यस मन्टेश्वरीलाई नजिकबाट हेर्दै आएको र मन्टेश्वरीको मेहनत देख्दा आफू सन्तुष्ट रहेको बताउनु भयो ।
स-साना बाबु नानीहरूले विभिन्न सांस्कृतिक भेषभूषामा शास्त्रीय सङ्गीत, नृत्य, गायन, लगायतका प्रस्तुति दिँदै आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। विद्यार्थीहरूका विविध प्रस्तुतिहरूले समारोहलाई थप उत्साहपूर्ण बनाएको थियो।
किड्स वर्ल्ड मन्टेश्वरीकी सह-प्राचार्य एलिना कार्कीले उपस्थित सम्पूर्ण अतिथि, अभिभावक, विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई कार्यक्रम सफल पार्न दिएको अमूल्य सहयोग र साथका लागि विशेष धन्यवाद व्यक्तगर्नुभयो ।
किड्स वर्ल्ड मन्टेश्वरीका प्राचार्य साबित्री खनालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमा स्वागत मन्तव्य मन्टेश्वरीका प्रबन्ध निर्देशक खतिवडाले राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन मन्टेश्वरी संचालक एवं शिक्षिका बाग्मती श्रेष्ठले गरेकी थिइन्।
Happy ( १००% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 11, 2026
October 10, 2026
October 10, 2026
October 09, 2026
October 09, 2026
October 08, 2026
October 08, 2026
October 07, 2026
October 07, 2026
October 06, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .