अमेरिका-युक्रेनबीच खनिज सम्बन्धि सम्झौता हुदै

इ चितवन खबर

February 25, 2025

काठमाडौँ । अमेरिका-युक्रेनबीच खनिज सम्बन्धि सम्झौता हुने भएको छ । युक्रेनका उपप्रधानमन्त्री ओल्हा स्टेफानिसिनाले युक्रेन र अमेरिका खनिज सम्झौताको वार्ताको अन्तिम चरणमा रहेको बताएका हुन् ।


यस महिनाको सुरुमा राष्ट्रपति भोलोडीमिर जेलेन्स्कीले अमेरिकी सैन्य सहयोगको बदलामा अमेरिकालाई युक्रेनी खनिजहरूमा पहुँच दिने सम्झौतालाई अस्वीकार गरेका थिए ।


तर स्टेफानिसिनाले युक्रेनी र अमेरिकी टोलीहरू खनिज सम्झौताको सम्बन्धमा वार्ताको अन्तिम चरणमा रहेको जानकारी गराएकी छन् । उनले वार्ताहरू धेरै रचनात्मक भएको र लगभग सबै प्रमुख विवरणहरू अन्तिम रूप दिइएको बताएकी छन् । साथै उनले युक्रेन यसको हस्ताक्षरको साथ अगाडि बढ्न र यसलाई छिटो पूरा गर्न प्रतिबद्ध रहेको समेत बताएकी छन् ।


उनले भनेकी छन्- 'हामी आशा गर्छौं, अमेरिका र युक्रेन दुवै नेताहरूले आगामी दशकहरूको लागि हाम्रो प्रतिबद्धता प्रदर्शन गर्न चाँडो भन्दा चाँडो वाशिंगटनमा हस्ताक्षर र समर्थन गर्न सक्छन् ।'


राष्ट्रपति जेलेन्स्कीले खनिजसम्बन्धि सम्झौता गर्न अस्वीकार गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्कीलाई व्यक्तिगत तहमै आक्रमण शुरु गर्दै उनलाई तानाशाहसम्म भनेका थिए । साथै ट्रम्पले युक्रेनमा चुनाव गराउने र जेलेन्स्कीलाई पदबाट


हटाउनेसम्मको दबाब बढाएका थिए । यसैबीच जेलेन्स्कीले पनि अमेरिका आफ्नो विपक्षमा गइरहेको बुझेपछि युक्रेनमा शान्ति हुने शर्तमा पद छोड्न तयार रहेको अभिव्यक्ति समेत दिएका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले खुला रुपमा नै युरोपले युक्रेनलाई सित्तैमा सहयोग नगरेको र अमेरिकाले पनि नगर्ने भन्दै युक्रेन युद्धबाट पछि हट्ने बताएका थिए । ट्रम्पकै प्रयासमा पुटिनसँगको कुराकानीपछि अमेरिकी र रुसी वरिष्ठ कुटनीतिज्ञबीच साउदी अरेबिया पहिलो चरणको वार्ता समेत भइसकेको छ ।
 


# अन्तर्राष्ट्रिय

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

४० देशबाट तेल आयात गर्ने भारतले निर्यात चाँही कुन कुन देशमा गर्छ ? जान्नुहोस्

August 30, 2025

‘सारा तीर्थ बारम्बार, गंगासागर एकबार’

August 26, 2025

अमेरिकामा ५.५ करोड आप्रावासी, जसमध्ये अबैध १ करोड ४ लाख

August 23, 2025

दिल्लीमा १० लाख आवार कुकुर, ७ महिनामा २६ हजार बढी मानिस कुकुरकाे टाेकाइमा

August 13, 2025

चिनले बनायाे रोबोटिक सिपाही, भन्यो, ‘अब युद्द मान्छेले होइन्, रोबोटले लडछ’

August 07, 2025

रूसको भुकम्पले जापानसम्म सुनामी, सतर्क हुन चेतावनी

July 30, 2025

बंगलादेशमा सैन्य बिमान स्कुलमा ठोक्कियो, उद्दार कार्य जारी

July 21, 2025

अहमदावाद दुर्घटना, बिमानमा सवारबाहेक थप २४ को मृत्यु भएको पुष्टी

June 13, 2025

अमेरिकाको १२ राज्यमा फैलियो प्रदर्शन, २ को मृत्यु, ११ सय बढी पक्राउ

June 11, 2025

भारतले एक्सलाई भन्यो, ‘८ हजार खाता ब्लक गर्नु, नभए कारबाही भोग्नु'

May 09, 2025

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .