कर्मचारीको काँधमा हात राखेकोमा माफी माग्दै मन्त्रीले दिए राजीनामा

इ चितवन खबर

February 25, 2025

काठमाडौं।  कर्मचारीको काँधमा हात राख्नु अपराध हुन सक्छ ? यो प्रश्न के हो भनी सोच्दै हुनुहुन्छ भने हाम्रो देशमा काँधमा हात राख्नुलाई प्रशंसा मानिन्छ तर तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि न्यूजिल्याण्डका एक मन्त्रीले राजीनामा दिनुपरेको कारण यही थियो । किनभने, उनले एक सरकारी कर्मचारीको काँधमा हात राखिदिए  । यसलाई मन्त्रीको अहङ्कार मानेको ठानिए पछि ती मन्त्रीले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएका छन् ।


न्यूजिल्याण्डका वाणिज्य मन्त्री एन्ड्रयु बेलीले गत हप्ता एक कर्मचारी माथि काँधमा हात राखेपछि आलोचनामा परेका थियो । सो कार्यको विरोध यति बलियो भयो कि बेलीले सोमबार उनले आफ्नो मन्त्री पदबाट नै राजीनामा दिन बाध्य भएका छन । 


राजिनामा दिए पछि मन्त्री बेलीले भने, ‘यो घटनाबाट म अत्यन्तै दुखी छु र शिर झुकाएर माफी माग्छु किनभने मैले उत्साहमा उसको अनुमति बिना उसको काँधमा हात राख्न पुगे ।’


क्रिस्टोफर लक्सन सरकारका मन्त्री एन्ड्रयु बेलीले अगाडी भने, ‘म ती कर्मचारीको कामबाट निकै प्रभावित भएँको थिए । खासमा उत्साहका साथ मैले उनको हातमा हात राखेँका हुँ । यो विषयले यति धेरै महत्व पाउँछ भन्ने मलाई थाहा थिएन । तर, जनताको विरोध प्रबल भएकाले अन्ततः मैले राजीनामा दिने निर्णय गरेको छु ।’ 


राजीनामा पछि प्रधानमन्त्री लक्सनले मन्त्रीले आफ्नो गल्ती स्वीकार गरेको बताएका छन् । उनले भने, ‘अब यसमा राजनीति गर्नुहुँदैन ।’ तर  विपक्षी दलमा रहेका मजदुर पार्टीका नेताहरुले पनि सरकारले यस विषयमा गम्भीरतापूर्वक काम नगरेको आरोप लगाएका छन् ।


जब प्रधानमन्त्रीलाई सोधियो कि अब उनले संसदको सदस्यता पनि त्याग्नेछन त  ? यसबारे लक्सनले भने, ‘एन्ड्रयु बेलीले राजीनामा दिएर गल्ति स्विकार गरिसकेका छन, अब यो भन्दा अरु के चाहियो र ?’ मन्त्री आफैले यस्तो व्यवहारका लागि उनका सबन्धित परिवारसँग माफी पनि मागेको पनि प्रधानमन्त्री लक्सनले जानकारी दिए ।


मन्त्री बेली पहिलो पटक २०१४ मा न्युजिल्यान्डको संसदमा सत्तारुढ नेश्नल पार्टीबाट सांसदका रूपमा निर्वाचित भएका थिए। २०२३ को उत्तरार्धमा लक्सनको चुनाव पछि उनी वाणिज्य र उपभोक्ता मामिला मन्त्री, साना व्यवसाय र निर्माण मन्त्री र तथ्याङ्क मन्त्री नियुक्त भएका हुन । अहिले यो मन्त्री पद खाली भएको छ । 


# अन्तर्राष्ट्रिय

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

४० देशबाट तेल आयात गर्ने भारतले निर्यात चाँही कुन कुन देशमा गर्छ ? जान्नुहोस्

August 30, 2025

‘सारा तीर्थ बारम्बार, गंगासागर एकबार’

August 26, 2025

अमेरिकामा ५.५ करोड आप्रावासी, जसमध्ये अबैध १ करोड ४ लाख

August 23, 2025

दिल्लीमा १० लाख आवार कुकुर, ७ महिनामा २६ हजार बढी मानिस कुकुरकाे टाेकाइमा

August 13, 2025

चिनले बनायाे रोबोटिक सिपाही, भन्यो, ‘अब युद्द मान्छेले होइन्, रोबोटले लडछ’

August 07, 2025

रूसको भुकम्पले जापानसम्म सुनामी, सतर्क हुन चेतावनी

July 30, 2025

बंगलादेशमा सैन्य बिमान स्कुलमा ठोक्कियो, उद्दार कार्य जारी

July 21, 2025

अहमदावाद दुर्घटना, बिमानमा सवारबाहेक थप २४ को मृत्यु भएको पुष्टी

June 13, 2025

अमेरिकाको १२ राज्यमा फैलियो प्रदर्शन, २ को मृत्यु, ११ सय बढी पक्राउ

June 11, 2025

भारतले एक्सलाई भन्यो, ‘८ हजार खाता ब्लक गर्नु, नभए कारबाही भोग्नु'

May 09, 2025

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .