इ चितवन खबर
October 01, 2026
चितवन। मानव अधिकार तथा शान्ति समाज चितवन शाखाको सभापतिमा जीवन के.सी निर्वाचित भएका छन्। शाखाको साधारणसभा तथा अधिवेशनबाट के.सी सभापतिमा निर्वाचित भएका हुन्।
जिल्ला सभापति पूर्णचन्द्र चापागाईंको अध्यक्षतामा सम्पन्न पहिलो खुला सत्रमा मानव अधिकार तथा शान्ति समाजका पूर्वकेन्द्रीय उपाध्यक्ष उद्धव लोहोनी केन्द्रीय पर्यवेक्षकका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा संस्थाका केन्द्रीय सदस्य शम्भु राउत, पूर्वकेन्द्रीय सचिव बाबुहरि आचार्य, पूर्वजिल्ला सभापति अनन्त ढुंगाना, नेकपा एमालेका नेता विजय सुवेदी तथा मानव अधिकार सञ्जालका दीपक लामिछानेले शुभकामना मन्तव्य दिएका थिए। कार्यक्रममा नवनिर्वाचित सभापति जीवन के.सीले स्वागत मन्तव्य राखेका थिए।
साधारणसभा तथा अधिवेशनमा प्रस्तुत अवधारणापत्रमा सद्भाव प्रवद्र्धन, मानव अधिकारको संरक्षण तथा जलवायु न्यायका लागि राजनीतिक समाज र नागरिक समाजबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 09, 2026
October 09, 2026
October 08, 2026
October 08, 2026
October 07, 2026
October 07, 2026
October 06, 2026
October 06, 2026
October 06, 2026
October 04, 2026
October 09, 2026
October 09, 2026
October 08, 2026
October 08, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .