इ चितवन खबर
September 26, 2026
चितवन । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले चितवनका दीपक अधिकारीलाई जिल्ला सह–संयोजकमा मनोनीत गरेको छ।
महाधिवेशन तयारी समितिका तर्फबाट प्रा. डा. शशांक कोइरालाले अधिकारीलाई पठाएको पत्रमा चितवनमा पार्टीको संगठन सुदृढीकरणसँगै महाधिवेशन तयारीका गतिविधिलाई प्रभावकारी बनाउन सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको उल्लेख छ।
समितिका अनुसार जिल्लाका नेताहरूको राय–सुझाव तथा केन्द्रीय प्रतिनिधिको सिफारिसका आधारमा अधिकारीलाई उक्त जिम्मेवारी दिइएको हो। महाधिवेशन तयारीका क्रममा जिल्लास्तरमा आवश्यक समन्वय, संगठन परिचालन तथा अधिवेशनसम्बन्धी गतिविधिमा सहजीकरण गर्ने जिम्मेवारी अधिकारीको रहनेछ।
तयारी समितिले मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई जटिल र अस्थिर रहेको उल्लेख गर्दै पार्टीभित्रको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको जनाएको छ। समितिको पत्रमा नेपाली कांग्रेसको आधिकारिक केन्द्रीय कार्यसमितिले १५औँ महाधिवेशन सम्पन्न गर्ने वैधानिक दायित्व रहेको धारणा पनि उल्लेख गरिएको छ।
यसैबीच, तयारी समितिको भदौ १७ र १८ गते बसेको बैठकले १५औँ केन्द्रीय महाधिवेशन काठमाडौंमा मंसिर २१, २२ र २३ गते गर्ने कार्यतालिका तय गरेको जनाएको छ।
निर्धारित कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन र असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्ने तयारी छ। त्यसैगरी कात्तिक १५ गते जिल्ला अधिवेशन तथा मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यक्रम तय गरिएको छ।
समितिले पार्टीभित्र देखिएका मतभेदलाई संयमता, धैर्यता र आपसी सहकार्यका माध्यमबाट व्यवस्थापन गर्दै संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 08, 2026
October 08, 2026
October 07, 2026
October 07, 2026
October 06, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .