दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु

इ चितवन खबर

September 25, 2026

चितवन। चितवनमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४३ वटा सवारी दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।


जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत साउन र भदौमा भएका ती दुर्घटनामा ८७ जना घाइते भएका छन् । साउनमा २३ वटा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो भने ६० घाइते भएका थिए । भदौमा २० वटा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो । यस्तै, २७ जना घाइते भएको कार्यालयका निमित्त कार्यालय प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक विष्णु थापाले जानकारी दिनुभयो ।


सोही अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ५५२ वटा सवारीसाधनलाई कारबाही गरिएको छ । कारबाहीबाट रु ३१ लाख ४८ हजार ५०२ राजस्व सङ्कलन भएको थापाले जानकारी दिनुभयो ।
 

साउनमा एक हजार ८१० सवारीसाधनलाई कारबाही गरी रु १५ लाख ५१ हजार राजस्व सङ्कलन गरिएको थियो । भदौमा एक हजार ७४२ वटा सवारीसाधनलाई कारबाही गर्दा रु १५ लाख ९७ हजार ५०१ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।


यस्तै, आव २०८२/८३ मा चितवनमा जम्मा ५४५ सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा १०५ जनाको मृत्यु भएको थियो भने ९०२ जना घाइते भएका थिए । गत आवमा ट्राफिक नियम उल्लङ्घन गर्ने २० हजार ८० सवारीसाधनलाई कारबाही गरिएको थियो । ती कारबाहीबाट रु एक करोड ७५ लाख ७७ हजार ५०३ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।


वरिष्ठ प्रहरी नायब निरीक्षक थापाले सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जाँचलाई थप प्रभावकारी बनाउनुका साथै चालक तथा सर्वसाधारण लक्षित सचेतनामूलक कार्यक्रमलाई कडाइका साथ सञ्चालन गरिँदै आइएको बताउनुभयो ।


# चितवन खबर # अर्थ खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .