इ चितवन खबर
September 10, 2026
चितवन । युवा उद्यमी कल्पना गुरुङले आफ्नी छोरी कृतिको जन्मदिनको अवसरमा देवघाटस्थित श्रीरामजानकी बालिका आश्रममा आश्रित बालिकाहरूलाई भोजन गराएर जन्मदिन मनाएकी छन् ।
लोक कल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित श्रीरामजानकी बालिका आश्रममा रहेका बालिकाहरूलाई भोजन गराउँदै उनले छोरी कृतिको जन्मदिन मनाएकी हुन् । अध्ययनको सिलसिलामा छोरी कृति हाल अस्ट्रेलियामा रहेकी छन् ।
जन्मदिनको अवसरमा धेरै पैसा खर्च गरेर मनोरञ्जन गर्नु भन्दा बालबालिका तथा वृद्धवृद्धाको सेवामा सहभागी हुन पाउँदा निकै खुसी लागेको युवा उद्यमी गुरुङले बताइन् ।
कार्यक्रममा परिवारसहित बुबा जोनी लामा, लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’, श्रीरामजानकी बालिका आश्रम (कन्यागुरुकुलम्) का अध्यक्ष सावित्री टण्डन, महासचिव रामेश्वर खनाल लगायतको सहभागिता रहेको थियो ।
युवा उद्यमी कल्पना गुरुङ लुलु लेडिज ब्यूटी पार्लर सञ्चालन गर्दै आएकी छन् । उनले लुलु लेडिज ब्यूटी पार्लरलाई विभिन्न स्थानमा विस्तार गर्दै हाल सातौँ शाखासम्म पुर्याउन सफल भएकी छन् ।
सामाजिक सेवासँगै व्यवसायमा समेत सक्रिय गुरुङले छोरीको जन्मदिनलाई सेवामूलक कार्यसँग जोडेर मनाएकोमा आश्रम परिवारले धन्यवाद व्यक्त गरेको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 09, 2026
October 09, 2026
October 08, 2026
October 08, 2026
October 07, 2026
October 07, 2026
October 06, 2026
October 06, 2026
October 06, 2026
October 04, 2026
October 09, 2026
October 09, 2026
October 08, 2026
October 08, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .