इ चितवन खबर
March 09, 2025
चितवन । भरतपुर अस्पतालमा मुटुका बिरामीको उपचारका लागि क्याथल्याब सञ्चालनको तयारी गरिएको छ । आगामी चैतभित्रमा काम सम्पन्न हुने गरी उपकरण जडान भइरहेको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार एउटा सामान छुटेकाले थप केही समय लागेको हो । अस्पतालले यसै महिनादेखि क्याथल्याब सञ्चालन गर्ने तयारी गरेको थियो । पौडेलले भन्नुभयो, “जर्मनीबाट सामान ल्याउँदा एउटा छुटेछ । चैतमा मात्र सामान आएर काम सम्पन्न हुनेछ ।” अस्पतालको वार्षिकोत्सव चैत्र २५ गते मनाउँदै गर्दा क्याथल्याब उद्घाटन गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
क्याथल्याब जडानका लागि उपकरणमा ११ करोड ५० लाख खर्च भएको भन्दै उहाँले भौतिक निर्माणसहित १५ करोड हाराहारी खर्च हुने मेडिकल सुपरिटेन्डेन्ट पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले अस्पतालमा मुटुको उपचारमा डिएम गरेका तीन जना चिकित्सक हुनुहुन्छ ।
अस्पतालका मुटु रोग विशेषज्ञ डा.मणि गौतमले अहिले मुटुको बहिरङ्ग (ओपिडी) सेवा, इको वार्डलगायत सेवा सञ्चालनमा रहेका जानकारी दिनुभयो । क्याथल्याब सञ्चालनमा आएसँगै ‘इन्टरभेन्सन कार्डियोलोजी’ सेवा सुरु हुनेछ । यससँगै ‘एन्जियोग्राफी’, ‘एन्जियोप्लाष्ट’, ‘पेजमेकर’ जडानलगायत सेवा दिन सकिने उहाँको भनाइ छ ।
क्याथल्याब (मुटुको नसाहरू, धमनीहरू हेर्ने काम गरिन्छ) सञ्चालनमा आएसँगै मुटुको नसामा बोसोले रोक्दा खोल्न सकिने डा गौतमले बताउनुभयो । क्रमशः मुटुसम्बन्धी उपचार सेवा थप गर्दै लैजाने योजना रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार प्रभावकारी सेवाका लागि अस्पतालमा कम्तीमा आठ जना मुटुरोग विशेषज्ञ (कार्डियोलोजिष्ट) आवश्यक पर्ने पर्दछ ।
भरतपुर अस्पताल सङ्घीय अस्पताल हो । यहाँ चितवनसहित १९ भन्दा बढी जिल्लाबाट बिरामी आउने गर्दछन् । क्याथल्याब सञ्चालनमा आएसँगै सर्वसुलभ रूपमा यो सेवा आमनागरिकले पाउने अस्पतालले जनाएको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
September 29, 2026
September 28, 2026
September 25, 2026
September 22, 2026
September 13, 2026
August 22, 2026
August 21, 2026
August 14, 2026
August 06, 2026
August 06, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .