इ चितवन खबर
September 01, 2026
चितवन । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि मन्टेश्वरी एसोसिएसन चितवनले १ लाख ७७ हजार रुपैयाँ रकम सहयोग गरेको छ।
चितवन जिल्लाभित्र छरिएर रहेका मन्टेश्वरी विद्यालयहरूको छाता संगठनका रूपमा रहेको एसोसिएसनले आफ्ना सदस्य मन्टेश्वरी विद्यालयहरूबाट स्वेच्छिक रूपमा रकम संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो। एसोसिएसनका अध्यक्ष निराजन रेग्मी लगायत पदाधिकारीहरूले उक्त रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेका हुन्। भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले मानवीय सेवाका रूपमा सहयोग गरिएको एसोसिएसनले जनाएको छ।
प्राकृतिक विपद्को समयमा प्रभावित परिवारलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्व समेत भएकाले एसोसिएसनले आफ्नो सामर्थ्य अनुसार राहत कोषमा योगदान गरेको अध्यक्ष रेग्मीले बताए। एसोसिएसनले आगामी दिनमा पनि विपद् तथा मानवीय सेवाका क्षेत्रमा आवश्यक सहयोग र सामाजिक गतिविधिलाई निरन्तरता दिने जनाएको छ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 10, 2026
October 10, 2026
October 09, 2026
October 09, 2026
October 08, 2026
October 08, 2026
October 07, 2026
October 07, 2026
October 06, 2026
October 06, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .