इ चितवन खबर
July 07, 2026
चितवन। लगानीकर्ता तथा सेयर बजारप्रति चासो राख्नेहरूका लागि खुसीको खबर आएको छ। इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०) ले आफ्नो नयाँ शाखा कार्यालय चितवनको भरतपुर हाईट होटल सिराईचुली अगाडी सञ्चालनमा आएको छ।
उघोग बाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी, भरतपुर महानगर वडा नं. १० का अध्यक्ष परमेश्वर खनाल र इन्दिरा सेक्युरिटिजका अध्यक्ष राकेश शिरिषले संयुक्त रूपमा रिवन काटेर उद्वघाटन गरेका थिए । चितवनमा तेश्रो शाखा विस्तार विभिन्नहरूलाई सहकार्य गरि सुरू गरेको हो । नयाँ शाखा सञ्चालनसँगै स्थानीय लगानीकर्ताहरूलाई पुँजी बजारमा पहुँच अझ सहज हुने अपेक्षा गरिएको छ।
यस शाखाबाट सेवाग्राहीहरूले डिम्याट खाता खोल्न सक्नेछन् भने दोस्रो बजार (सेकेन्डरी ट्रेडिङ) मार्फत सेयर खरिद–बिक्रीसमेत गर्न सक्ने व्यवस्था गरिएको इन्दिरा सेक्युरिटिजका वोर्ड निर्देशक विष्णुकुमार गिरीले बताए । कम्पनीका अनुसार, सेयर बजारसम्बन्धी सेवा विस्तार गर्ने उद्देश्यले यो शाखा स्थापना गरिएको हो। यसले स्थानीय लगानीकर्ताहरूलाई काठमाडौं धाउनुपर्ने झन्झट हटाउँदै आफ्नै क्षेत्रमा बसेर सेवा लिन सक्ने सुविधा प्रदान गर्नेछ।
सेयर बजारमा नयाँ प्रवेश गर्न चाहने तथा पहिलेदेखि नै सक्रिय लगानीकर्ताहरूका लागि यो शाखा महत्वपूर्ण केन्द्र बन्ने विश्वास गरिएको छ। काठमाडौंको सुन्धारबाट सुरू यो इन्दिरा सेक्युरिटिजको अहिले सम्म उपत्यक बाहिर ३ शाखा विस्तार गरेको छ । नेपालमा ९३ वटा ब्रोकर रहेका छन् ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 11, 2026
October 10, 2026
October 10, 2026
October 09, 2026
October 09, 2026
October 08, 2026
October 08, 2026
October 07, 2026
October 07, 2026
October 06, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .