धानको बीउमा मरुवा रोगको समस्या

इ चितवन खबर

July 04, 2026

चितवन। जिल्लामा रोप्नका लागि तयार भएको धानको बीउमा मरुवा (व्लाष्ट) रोगको समस्या देखिएको छ । भरतपुर महानगरपालिका क्षेत्रमा रोप्नका लागि तयार भएको बीउको ब्याडमा मरुवाको समस्या देखिएको जिल्लास्थित कृषि विकास कार्यालयले जनाएको हो ।
 
 
कार्यालयकी सूचना अधिकारी विन्दु पौडेलका अनुसार भरतपुर महानगरपालिका-२७ र २८ मा रोप्नका लागि तयार भएको धानको ब्याडमा मरुवाको समस्या देखिन थालेको हो । उहाँले बिरुवाका पातमा साना खैरो, कालो दागजस्तो देखिएको बताउनुभयो ।
 
 
सूचना अधिकारी पौडेलले भन्नुभयो, “यो रोग बढ्दै जाँदा ठूला काला थोप्ला, बीचमा सेतो आकार भएको डुङ्गा आकृतिका दागहरू प्रष्ट देख्न सकिन्छ । यसले बाली उत्पादनमा १० देखि २० प्रतिशतसम्म क्षति गर्नसक्ने जोखिम निम्त्याउँछ ।”
 
 
उहाँका अनुसार यो रोग बीउ, सङ्क्रमित पानी, परालका ठूटा तथा झारपातबाट सर्ने गर्दछ । सङ्क्रमण न्यूनीकरणका लागि ओसिलो, न्यानो र २१ डिग्री सेल्सियस तापक्रमको अवस्था उत्तम वातावरण हुने जनाउँदै पौडेलले रोग देखिएका ब्याडका बीउको उपचार नगरी रोप्न नहुने बताउनुभयो । 
 
 
यसको सङ्क्रमण रोक्नका लागि निरोगी बीउको प्रयोग गर्ने, रोगबाट ग्रसित भएको खेतबाट बीउ छनोट नगर्ने, खेतबारी, आली तथा वरिपरि रहेका अन्नबाली जातको झारपात हटाइ खेतलाई सफा राख्नुपर्ने पौडेलले सुझाव दिनुभयो । बीउ राख्दा सम्भव भएसम्म हिले ब्याडमा राख्ने र धानखेतीमा पानी जमाइराख्ने गर्नुपर्ने उहाँले बताउनुभयो । 


# चितवन खबर # अर्थ खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .