इ चितवन खबर
June 29, 2026
काठमाडौँ। नेवारहरुकाे ज्ञानको भण्डारकाे रुपमा रहेको नेवाः सांस्कृतिक ज्ञानकोषकाे अनलाइन संस्करण एक समारोहमा सार्वजनिक गरिएको छ । काठमाडौ महानगरपालिकाकाे सहयोगमा नेपालभाषा एकेदेमिले प्रकाशन गरेकाे उक्त ज्ञानकोषकाे अनलाइन संस्करण महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक गरेका हुन् ।
याे संस्करण रञ्जना र नेपाल लिपिमा पनि लिपि परिणत गरि अध्ययन गर्न सकिने व्यवस्था गरिएको छ । यस्तै गरि सामग्री संक्षेपीकरण गर्न मिल्ने गरि एआई प्रविधि पनि यसमा राखिएको छ ।
साे कार्यक्रममा ज्ञानकोषकाे अनलाइनका साथै मोबाइल भर्सन पनि सार्वजनिक गरिएको छ । हालाई एन्ड्रोइडमा मात्रै डाउनलोड गर्न मिल्ने र पछि आइओएसयूनमा पनि उपलब्ध हुने बताइएको छ ।
साे समारोहमा प्रमुख अतिथि महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले नेवाः संस्कृतिकाे क्षेत्रमा याे एउटा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन् ।
त्यस्तै गरि अनलाइन नेवाः ज्ञानकोष योजनाका प्राविधिक प्रमुख एवम् एकेडेमिका प्राज्ञ परिषदका प्राज्ञ डा. ऐलेन बैलोचन तुलाधरले डिजिटल संस्करणमा समावेश भएका विषय वस्तु बारे प्रकाश पार्नु भयो । अनलाइन संस्करणमा ज्ञानकोषका विषय मात्रै डिजिटाइजेशन भएको नभई प्राविधिक विधिलाई पनि समावेश गरेको कुरा प्राविधिक प्रमुख तुलाधरले बताए ।
उनले यसमा डिजिटाइज का साथै ट्रान्सलेसन इन्जिन र टेक्सट टु स्पीच प्रविधि पनि विकास गरि समावेश गरेको बताए ।
नेपालभाषा एकेडेमिका चान्सलर एवम् ज्ञानकोष परिकल्पनाकार मल्ल के. सुन्दरले ज्ञानकोषलाई डिजिटाइज यगर्न डा. एलेन बैलोचन तुलाधरले अभुतपुर्व कार्य गरेको बताए । यस्तै गरी ज्ञानकोषकाे प्रकाशनमा आर्थिक रुपले काठमाडौ महानरपालिकाले सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।
एकेडेमिका भाइस चान्सलर डा. पुष्पराज राजकर्णिकारले स्वागत मन्तव्य राखेको यस कार्यक्ररममा काेषाध्यक्ष वीरप्रसाद भंसारीले धन्यवाद ज्ञापन गरेका थिए भने सदस्य सचिव महेन्द्र गाेपाल कर्माचार्यले कार्यक्रम सन्चालन गरेका थिए ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 11, 2026
October 10, 2026
October 10, 2026
October 09, 2026
October 09, 2026
October 08, 2026
October 08, 2026
October 07, 2026
October 07, 2026
October 06, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .