रास्वपा महाधिवेशनः राजनीतिसँगै पर्यटनको सङ्गम बन्दै चितवन

इ चितवन खबर

June 17, 2026

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन यहाँ हुँदैछ । यही असार ७, ८ र ९ गते भरतपुरमा हुने रास्वपाको महाधिवेशनले राजनीतिक नेतृत्व मात्रै चयन गर्दैन, यहाँको पर्यटन र व्यापार व्यवसायको प्रवद्र्धन समेत गर्नेछ । 
 
 
महाधिवेशनमा आउने प्रतिनिधि, पर्यवेक्षक र पाहुनाले जिल्लाका होटल भरिभराउ हुनेछन् भने रेष्टुरेन्ट र स्थानीय उत्पादनको खपत बढ्नेछ । महाधिवेशनमा देशका बाँकी ७६ जिल्ला र विदेशबाट प्रतिनिधि एवं पर्यवेक्षक तथा अतिथिहरु आउँदैछन् । महाधिवेशनले मुख्य रुपमा यहाँको पर्यटकीय गन्तव्यलाई देशभर र विदेशमा चिनाउने सरोकारवालाहरुको विश्वास छ ।
 
 
पूर्वी चितवनको रत्ननगरमा रहेको होटल स्टारका सञ्चालक भेषराज दुवाडी आफूले १५ राष्ट्रियस्तरका कार्यक्रम होटलमा गर्दा यसको सकारात्मक प्रभाव लामो समयसम्म पर्यटन क्षेत्रमा देखिएको बताउनुहुन्छ । महाधिवेशनमा आउने पाहुनाका कारण यहाँका होटल र रेष्टुरेन्ट त भरिन्छन् नै यसका अतिरिक्त स्थानीय उत्पादनले राम्रो बजार पाउने उहाँको भनाइ छ । 
 
 
दुवाडीले भन्नुभयो, “महाधिवेशनमा आएकाहरुले पछि पारिवारिक, सङ्घसंस्था र व्यक्ति विशेषका भ्रमण लिएर आउने सम्भावना अधिक हुन्छ ।”
 
 
नागरिकको चहलपहल बढेसँगै यहाँका कृषिजन्य उत्पादनले राम्रो बजार पाउने उहाँको भनाइ छ । माछा, मासु, अण्डा, फलफूल, तरकारी, दुग्धजन्य पदार्थको खपत बढ्ने देखिन्छ । दुवाडीले आफ्नो होटलमा विभिन्न सङ्घसंस्थाका राष्ट्रिय कार्यक्रमपछि सौराहालगायत क्षेत्रमा त्यसको प्रत्यक्ष प्रभाव हुने गरेको स्मरण गर्नुभयो ।
 
 
यसअघि सौराहामा नेकपा (एमाले) को महाधिवेशनपछि त्यसको सकारात्मक प्रभाव लामो समयसम्म परेको व्यवसायी बताउँछन् । पर्यटन व्यवसायी डा तिलचन्द्र भट्टराई ठूला कार्यक्रम जिल्लामा गर्न पाउनु आफैँमा सकारात्मक भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यस्ता कार्यक्रमले जिल्लाको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ ।”
 
 
जिल्लामा ठूला कार्यक्रम गर्न सकिन्छ भन्ने सन्देश प्रवाह हुने भन्दै डा भट्टराईले यसअघि नेकपा (एमाले) को महाधिवेशनमा आएकाहरु पछिपछि पनि पारिवारिक र संस्थागत गरी घुम्न आएको बताउनुभयो । उहाँले भन्नुभयो, “महाधिवेशनले चितवनलाई थप चिनाउन सहयोग पुग्छ ।”
 
 
उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष मित्रराज दवाडी महाधिवेशनले पर्यटक बढाउने र यसले यहाँको उत्पादन खपतमा बृद्धि हुने बताउनुहुन्छ । कृषि क्षेत्रमा लाग्दै आउनुभएका दवाडी यसको प्रत्यक्ष प्रभाव पर्यटन र यसका लागि आवश्यकपर्ने कृषिजन्य उत्पादनमा हुने बताउनुहुन्छ । यहाँ आउने प्रतिनिधिलाई जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यहरुका बारेमा जानकारी गराउनसकेमा थप प्रभावकारी बन्ने उहाँको बुझाइ छ ।
 
 
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य एवं पर्यटन व्यवसायी ध्रुव गिरी यो महाधिवेशनले समग्र जिल्लाको अर्थतन्त्र चलायमान बनाउन सहयोगी बन्ने बताउनुहुन्छ । सौराहालगायत पर्यटकीय र अन्य क्षेत्रका होटल बुकिङ भइरहेको भन्दै उहाँले बेमौसमा पनि पर्यटक भरिन लागेको बताउनुभयो । 
 
 
उहाँले भन्नुभयो, “असार साउनमा हामी होटल कुर्ने मात्रै काम हुन्थ्यो, यो महाधिवेशनले चलायमान भएको छ ।” अहिले आएका धेरै प्रतिनिधि पुनःघुमफिरका लागि यहाँ आउने सम्भावना प्रवल भएको भन्दै उहाँले यसले यहाँ राजनीतिसँगै पर्यटन र व्यापार व्यवसायमा छुट्टै चहलपहल ल्याउने बताउनुभयो ।
 
 
महाधिवेशनमा तीन हजार हाराहारी प्रतिनिधि सहभागी हुनेछन् । त्यसैगरी पर्यवेक्षक र शुभचिन्तक पनि ठूलो मात्रामा यहाँ आउने अपेक्षा गरिएको छ ।

 


# चितवन खबर # राजनीति

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छ : राष्ट्रपति

October 08, 2026

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न मतदान दिउँसो १ः०० देखि

October 08, 2026

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैन : सभापति थापा

October 07, 2026

कांग्रेसको १५औँ महाधिवेशन : बिहीबार बिहान १० बजेदेखि मतदान

October 07, 2026

कांग्रेस १५औँ महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

October 06, 2026

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छ : संयोजक दाहाल

October 04, 2026

लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : सभापति थापा

October 04, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .