इ चितवन खबर
May 05, 2026
काठमाडौँ । नेपाल चिकित्सक सङ्घमा डा बद्री रिजालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यकारणी समिति चयन भएको छ ।
आज सम्पन्न भएको मतगणनामा उहाँले नेतृत्वमा नयाँ कार्यकारणी समिति चयन गरिएको प्रमुख निर्वाचन अधिकृत डा प्रणयरत्न शाक्यले जानकारी दिनुभयो । डा रिजाल तीन हजार १९६ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटत प्रतिद्वन्द्वी डा मङ्गल रावलले दुई हजार ९४० मत प्राप्त गर्नुभएको थियो ।
वरिष्ठ उपाध्यक्षमा डा सञ्जीव तिवारी र महासचिवमा डा विश्वराज दवाडी विजयी हुनुभएको छ । यस्तै, उपाध्यक्षतर्फ कोशीबाट डा रोशन खड्का, मधेसबाट डा अमितरञ्जन मिश्र, बागमतीबाट डा सुवास भट्टराई, गण्डकीबाट डा यज्ञराज सिग्देल, लुम्बिनीबाट डा नन्दाकुमारी गुरुङ, कर्णालीबाट डा रविन खड्का र सुदूरपश्चिमबाट डा प्रमोद जोशी विजयी हुनुभएको छ ।
कोषाध्यक्षमा डा संयुक्त आचार्य, सहसचिव डा हुलास अग्रवाल र सहकोषाध्यक्षमा डा तेजसुसिंह मल्ल विजयी भएका छन् । सदस्यहरूमा डा अमित झा, डा राकेश शाह, डा पल्पसा श्रेष्ठ, डा विना श्रेष्ठ, डा सुस्मित काफ्ले र डा शेषराज आचार्य विजयी हुनुभएको छ । सङ्घको उपत्यकाबाहिर वैशाख ४ र ५ गते तथा उपत्यकामा वैशाख १८ र १९ गते निर्वाचन सम्पन्न भएको थियो ।
निर्वाचनमा कुल १६ हजार एक सय मतमध्ये सात हजार १०२ मत खसेको थियो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
September 29, 2026
September 28, 2026
September 25, 2026
September 22, 2026
September 13, 2026
August 22, 2026
August 21, 2026
August 14, 2026
August 06, 2026
August 06, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .