बल्छी ग्रुप भरतपुरको प्रथम साधारण सभा तथा अधिवेशन माडीमा सम्पन्न

इ चितवन खबर

April 04, 2026

चितवन। बल्छी ग्रुप भरतपुरको प्रथम साधारण सभा तथा अधिवेशन चितवनको माडीमा सम्पन्न भएको छ। ग्रुपका सभापति तुलसीराम पाण्डेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा ग्रुपका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

 


कार्यक्रममा बोल्दै सभापति पाण्डेले ग्रुपको स्थापना पछिको यात्रा, हालसम्मका गतिविधि तथा आगामी योजनाहरूको बारेमा प्रकाश पार्दै ग्रुपलाई अझ प्रभावकारी र संगठित रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले सदस्यहरूबीच आपसी सहकार्य, एकता र सक्रिय सहभागिताबाट मात्रै ग्रुपको उद्देश्य हासिल गर्न सकिने धारणा राख्नु भयो ।

 

अधिवेशनले पुनः तुलसीराम पाण्डेलाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति गठन गरेको छ। नवगठित कार्यसमिति अन्तर्गत सचिवमा लोकनाथ लामिछाने, कोषाध्यक्षमा सन्तबहादुर गुरुङ, लेखा संयोजकमा खगेन्द्रराज लामिछाने चयन भएका छन्। त्यस्तै, संरक्षकमा राजेन्द्रमणि काफ्ले तथा सल्लाहकारमा हरिप्रसाद सुबेदीलाई जिम्मेवारी दिइएको छ।

 

नवनिर्वाचित पदाधिकारीहरूले संस्थाको उद्देश्य अनुरूप सामाजिक, सिर्जनात्मक तथा सामूहिक गतिविधिहरूलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा सहभागी सदस्यहरूले पनि आफ्नो धारणा राख्दै ग्रुपको दिगो विकासका लागि सबैको सक्रिय भूमिका आवश्यक रहेको बताएका थिए। उनीहरूले आगामी दिनमा थप कार्यक्रमहरू सञ्चालन गर्दै ग्रुपलाई सशक्त बनाउने सुझाव दिएका छन्।

 

हाल बल्छी ग्रुप भरतपुरमा २१ जना सदस्यहरू आबद्ध रहेका छन्। ग्रुपले विभिन्न सामाजिक तथा सामुदायिक गतिविधिहरू सञ्चालन गर्दै आएको जनाइएको छ। 


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

October 13, 2026

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

October 13, 2026

घरघरमा जमरा राखियो

October 11, 2026

विद्यालय बस दुर्घटना : पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी

October 10, 2026

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

October 10, 2026

‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’

October 09, 2026

पोखरामा स्कुल बस दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको पहिचान

October 09, 2026

समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छ : राष्ट्रपति

October 08, 2026

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न मतदान दिउँसो १ः०० देखि

October 08, 2026

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैन : सभापति थापा

October 07, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .