इ चितवन खबर
March 22, 2026
चितवन। भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित किड्स वर्ल्ड मन्टेश्वरीमा कुशल अभिभावकत्व विषयमा एकदिने अभिमुखी कार्यक्रम सम्पन्न भएको छ।
प्रसिद्ध प्रशिक्षक सानु अमात्यले प्रशिक्षण दिनुभएको हो । प्रशिक्षण दिंँदै प्रशिक्षक अमात्यले भन्नुभयो, एक कुशल र प्रभावकारी अभिभावकत्वले नै बालबालिकाको उज्ज्वल भविष्य निर्धारण गर्दछ । उहाँ लेखिका, बाल विकास विशेषज्ञ तथा अनुसन्धानकर्ता हुनुहुन्छ।
बाग्मती श्रेष्ठले सञ्चालन गर्नु भएको कार्यक्रमको अध्यक्षता मन्टेश्वरीकी प्राचार्य सावित्री सुवेदी खनालले गर्नुभएको थियो। मन्टेश्वरीकी प्रबन्ध निर्देशक निरु सिग्देल खतिवडाले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा सह–प्राचार्य एलिना थापाले आधुनिक तथा प्रविधिमैत्री युगमा प्रभावकारी अभिभावकत्व सम्बन्धी विषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा करिब ८० जना अभिभावकको सहभागिता रहेको थियो।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 13, 2026
October 13, 2026
October 11, 2026
October 10, 2026
October 10, 2026
October 09, 2026
October 09, 2026
October 08, 2026
October 08, 2026
October 07, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .