तनहुँबाट ६७ निर्वाचन प्रहरी स्याङ्जा पठाइयो

इ चितवन खबर

February 02, 2026

तनहुँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यहाँबाट ६७ निर्वाचन प्रहरी छिमेकी जिल्ला स्याङ्जा पठाइएको छ । 
 
 
तनहुँका लागि आवश्यक सङ्ख्या एक हजार ५७३ जना राखेर बाँकी रहेका १९६ वैकल्पिक निर्वाचन प्रहरीमध्ये उक्त सङ्ख्यामा स्याङ्जा पठाइएको हो । जिल्ला प्रहरी कार्यालयले मागअनुरूप आवेदन नपरेकाले वैकल्पिक निर्वाचन प्रहरी पठाइदिन माग गरेकाले सहयोग गरिएको तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । 
 
 
उहाँले भन्नुभयो, “जिल्लामा छनोट भएकामध्ये अहिलेसम्म ४२ जना अनुपस्थित देखिएका छन्, आजसम्म उपस्थित नभए वैकल्पिक रहेका १२९ जनाबाट व्यवस्थापन गरिनेछ ।” 
 
 
गत पुस २५ देखि माघ ३ गतेसम्म आवेदन माग गरिएकामा मागअनुरूप आवेदन नपरेपछि पुनः माघ १० र ११ गते दुई दिन माग गरेकामा माग सङ्ख्या पूरा भई अन्य जिल्लामा सहयोग गर्न सकिएको प्रहरी नायब उपरीक्षक विकले बताउनुभयो । उहाँका अनुसार उक्त दिनमा पुरुष ४३६ र महिला २१७ गरी ६५३ जनाले आवेदन दिएका थिए ।
 
 
त्यसैगरी तनहुँमा ३०९ मतदान केन्द्रमध्ये आठवटा मतदान केन्द्र अति संवेदनशील सूचीमा राखिएको छ । उक्त अति संवेदनशील केन्द्रहरूमा विशेष सुरक्षा व्यवस्था लागू गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको  छ । 
 
 
जिल्ला सुरक्षा समितिले निर्माण गरेको निर्वाचन केन्द्रित एकीकृत सुरक्षा योजनाअनुसार अति संवेदनशील मतदान केन्द्र निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउनु प्रहरी प्रशासनको मुख्य दायित्व हो, जिल्लामा १० स्थानीय तह रहेका छन्भने दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएका  छन् ।”


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ

October 15, 2026

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

October 15, 2026

लमजुङ कालिका : जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा

October 15, 2026

नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई

October 14, 2026

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

October 14, 2026

नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

October 14, 2026

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

October 13, 2026

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

October 13, 2026

घरघरमा जमरा राखियो

October 11, 2026

विद्यालय बस दुर्घटना : पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी

October 10, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .