इ चितवन खबर
January 29, 2026
चितवन। नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर २ का उम्मेदवार मिना खरेलले आफूले चितवनको समाजका लागि विगतदेखि गर्दै आएको काम सबैलाई राम्रैसँग थाहा भएको बताएकी छन्। एक कार्यक्रममा बोल्दै उनले समाज परिवर्तनका लागि आफु निरन्तर रूपमा सक्रिय रहँदै आएको उल्लेख गरिन्।
खरेलले महिला सशक्तीकरण तथा सामाजिक सेवाका क्षेत्रमा आफूले पुर्याएको योगदानलाई चितवनवासीले नजिकबाट नियालिरहेको बताइन्। “मैले चितवनको समाजका लागि गरेको काम बोलिरहनु पर्दैन, यहाँका नागरिकले आफैं महसुस गरेका छन्,” उनले भनिन्
अहिले गरेको कामलाई संस्थागत गरी कानुनी निर्माण गर्ने ठाउँमा पुर्याउनु आफ्नो लक्ष भएको बताइन् । मैले गरेको कामलाई जनतालाई थाहा छ त्यसको मुल्याङ्कन उहाहरुले नै गर्नुहुन्छ उनले भनिन् ।
उनले जनतामुखी विकास आफ्नो मुख्य लक्ष्य रहेको उल्लेख गरिन्। उनले आगामी दिनमा पनि समाजको हितका लागि जिम्मेवारीपूर्वक काम गर्दै जाने प्रतिबद्धता जनाउँदै सबैको साथ र सहयोग आवश्यक रहेको बताइन्।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 13, 2026
October 08, 2026
October 08, 2026
October 07, 2026
October 07, 2026
October 06, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .