स्वास्थ्य बिमाको जिम्मेवार प्रयोग गर्न स्वास्थ्य बिमा बोर्डको सार्वजनिक अपिल

इ चितवन खबर

January 28, 2026

काठमाडौँ। सरकारले सञ्चालन गर्दै आएको सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको महत्त्वपूर्ण कार्यक्रम स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी र दिगो बनाउन स्वास्थ्य बिमा बोर्डले सेवाग्राही तथा सेवा प्रदायक दुवै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।
 
 
एक अपिल जारी गर्दै बिमा बोर्डले ‘स्वास्थ्य बिमाको सही सदुपयोग गरौँ’ भन्ने सन्देशसहित सेवाग्राहीहरूलाई स्वास्थ्य सेवाको जिम्मेवार प्रयोग गर्न, बिमा सेवाको दुरुपयोग नगर्न तथा अनावश्यक परीक्षणका लागि चिकित्सक वा स्वास्थ्यकर्मीमाथि दबाब नदिन आग्रह गरेको छ ।
 
 
त्यसैगरी, सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पनि औचित्यका आधारमा मात्र चेकजाँच, प्रयोगशाला परीक्षण तथा उपचार प्रचलित कानुन तथा बोर्डद्वारा जारी निर्देशिका, कार्यविधि र परिपत्रको पूर्ण पालना गर्न अनुरोध गरिएको छ ।
 
 
स्वास्थ्य बिमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगका क्रममा हुने खर्चको जोखिमलाई अग्रिम रूपमा व्यवस्थापन गर्दै नागरिकलाई वित्तीय संरक्षण प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको सामाजिक स्वास्थ्य सुरक्षाको प्रमुख कार्यक्रम हो ।
 
 
सीमित स्रोतसाधन तथा केही संरचनागत चुनौतीहरूका बाबजुत पनि हाल दैनिक करिब ५० हजार नागरिकले स्वास्थ्य बिमामार्फत सेवा लिइरहेका छन्, जसका कारण दैनिक औसत रु आठ करोड बराबरको खर्च आम नागरिकको गोजीबाट जोगिँदै वित्तीय सुरक्षा सुनिश्चित भइरहेको बोर्डले जनाएको छ ।
 
 
हाल केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरूमा देखिएको असहजता वा अस्थायी सेवा अवरोध समाधान गर्न बोर्डले निरन्तर पहल र छलफल गरिरहेको जानकारी दिँदै, स्वास्थ्य बिमा कार्यक्रमलाई अझ सशक्त, व्यवस्थित, प्रभावकारी तथा नागरिकमैत्री बनाउने प्रतिबद्धता जनाएको छ ।

 


# चितवन खबर # स्वास्थ्य

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

अस्पताल सेवा सुधार कार्यविधि जारी

April 12, 2026

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

April 12, 2026

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

April 04, 2026

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

March 31, 2026

देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै

March 22, 2026

अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा

March 17, 2026

सेताे काेट भित्र सेताे साेच राखी राेग र चाेट सँग लड्ने मान्छे : फर्मासिष्ट

March 17, 2026

बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन

March 12, 2026

चितवनका छ हजार बढी बालिकाहरुलाई एचपिभी खोप

February 04, 2026

स्वास्थ्य बिमामा देखिएका समस्या समाधान हुन्छ : प्रधानमन्त्री कार्की

February 04, 2026

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .