चितवन–३ बाट बाबुराम अधिकारीको स्वतन्त्र उम्मेदवारी घोषणा

इ चितवन खबर

January 16, 2026

चितवन। संघीय प्रतिनिधि सभा निर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नं. ३ बाट बाबुराम अधिकारीले स्वतन्त्र उम्मेदवारको रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। माडीनगर वडा नं. ६ हरिनगरका अधिकारीले चितवन–३ का सचेत नागरिकहरूको सुझाव, भरोसा र समर्थनलाई आधार मानेर आफू चुनावी मैदानमा उत्रिएको बताएका छन्।


देशको समसामयिक राजनीतिक अवस्था, जनताका वास्तविक समस्या र विकासका प्राथमिकतालाई नजिकबाट बुझ्दै आएको अनुभवका आधारमा स्वतन्त्र उम्मेदवारी दिएको अधिकारीको भनाइ छ। दलगत स्वार्थभन्दा माथि उठेर जनताको सरोकार, पारदर्शिता, जवाफदेहिता र सुशासनलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।


उनको घोषणापत्रमा सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति प्रमुख रूपमा उल्लेख गरिएको छ। सांसद विकास कोषको पारदर्शी उपयोग र सार्वजनिक अनुगमन, साथै जनप्रतिनिधि र नागरिकबीच नियमित सार्वजनिक संवादलाई उनले प्राथमिकतामा राखेका छन्।
रोजगारी र युवा सशक्तीकरणतर्फ स्थानीय सीपअनुसार रोजगारी सिर्जना, युवा उद्यमशीलताका लागि सहुलियत ऋण र सीपमूलक तालिम, साथै वैदेशिक रोजगारीमा जाने युवाको हकहित संरक्षण गर्ने योजना सार्वजनिक गरिएको छ।


शिक्षा र स्वास्थ्य क्षेत्रअन्तर्गत सरकारी विद्यालयको गुणस्तर सुधार, प्राविधिक तथा व्यवहारिक शिक्षामा जोड र सबै वडामा आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र विकासका लागि किसानलाई मल, बीउ, बजार र उचित मूल्यको व्यवस्था, चितवनको कृषि र पर्यटनलाई जोडेर रोजगारी सिर्जना तथा साना व्यवसाय र सहकारी सशक्तीकरण गर्ने एजेन्डा अघि सारिएको छ।
पूर्वाधार विकाससँगै वातावरण संरक्षणलाई समेत महत्व दिँदै सुरक्षित सडक, खानेपानी र सिँचाइको व्यवस्था, बाढी र डुबान नियन्त्रण तथा वन, नदी र जैविक विविधताको संरक्षण गर्ने योजना घोषणापत्रमा समेटिएको छ।
महिला, दलित र पिछडिएका समुदायको निर्णय प्रक्रियामा समान सहभागिता, लक्षित कार्यक्रममार्फत अवसरमा पहुँच र सामाजिक न्यायमा आधारित समावेशी विकासलाई पनि उनले मुख्य प्राथमिकतामा राखेका छन्।
“म कुनै दलको होइन, चितवन–३ का जनताको प्रतिनिधि भएर संसदमा आवाज उठाउनेछु,” अधिकारीले भने, “विकास, इमानदारी र परिणाममुखी काम नै मेरो राजनीति हुनेछ।” 

दलगत स्वार्थभन्दा माथि उठेर जनताको सरोकार, पारदर्शिता, जवाफदेहिता र सुशासनलाई केन्द्रमा राखी काम गर्ने प्रतिबद्धता उनको छ । 
१. सुशासन र जवाफदेहिता
* भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता
* सांसद विकास कोषको पारदर्शी र सार्वजनिक अनुगमन
* जनप्रतिनिधि र नागरिकबीच नियमित सार्वजनिक संवाद
२. रोजगारी र युवा सशक्तीकरण
* स्थानीय सीपअनुसार रोजगारी सिर्जना
* युवा उद्यमशीलताका लागि सहुलियत ऋण र सीप तालिम
* वैदेशिक रोजगारीमा जाने युवाको हकहित संरक्षण
३. शिक्षा र स्वास्थ्य
* सरकारी विद्यालयको गुणस्तर सुधार
* प्राविधिक र व्यवहारिक शिक्षामा जोड
* आधारभूत स्वास्थ्य सेवा सबै वडामा सुनिश्चित
४. कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र
* किसानलाई मल, बीउ, बजार र उचित मूल्य
* चितवनको कृषि र पर्यटनलाई जोडेर रोजगारी
* साना व्यवसाय र सहकारी सशक्तीकरण
५. पूर्वाधार विकास र वातावरण संरक्षण
* सुरक्षित सडक, खानेपानी र सिँचाइ
* बाढी, डुबान र वातावरणीय जोखिम न्यूनीकरण
* विकाससँगै वन, नदी र जैविक विविधताको संरक्षण
६. महिला, दलित र पिछडिएका समुदाय
* निर्णय प्रक्रियामा समान सहभागिता
* लक्षित कार्यक्रम र अवसरमा पहुँच
* सामाजिक न्याय र समावेशी विकास
७. नागरिक अधिकार र सेवा
* नागरिकता, सामाजिक सुरक्षा र सेवा सरल पहुँच
* संघ–प्रदेश–स्थानीय तहबीच समन्वय
* कानुन निर्माणमा जनताको आवाज
प्रतिबद्धता
म दलको होइन, चितवन–३ का जनताको प्रतिनिधि भएर संसदमा आवाज उठाउनेछु। विकास, इमानदारी र परिणाममुखी काम नै मेरो राजनीति हुनेछ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई

October 14, 2026

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

October 14, 2026

नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

October 14, 2026

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

October 13, 2026

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

October 13, 2026

घरघरमा जमरा राखियो

October 11, 2026

विद्यालय बस दुर्घटना : पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी

October 10, 2026

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

October 10, 2026

‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’

October 09, 2026

पोखरामा स्कुल बस दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको पहिचान

October 09, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .