इ चितवन खबर
January 08, 2026
चितवन । जाडो मौसमको प्रभावलाई मध्यनजर गर्दै ग्रीनल्याण्ड पब्लिक स्कुल भरतपुर-१२, चितवनको आयोजनामा ज्ञानोदय माध्यमिक विद्यालय, कावासोतीमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा कक्षा १ देखि १० सम्म अध्ययनरत विपन्न परिवारका ४० जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको थियो। चिसो मौसमका कारण विद्यार्थीहरूको स्वास्थ्य तथा नियमित पठनपाठनमा पर्न सक्ने असर कम गर्न कार्यक्रम आयोजना गरिएको ग्रीनल्याण्ड पब्लिक स्कुलकी प्राचार्य इन्दिरा पन्त कार्कीले जानकारी दिनुभयो।
कार्यक्रममा बोल्दै ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक चेतनाथ अधिकारीले यस्ता सहयोग मूलक कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक ऊर्जा थप्ने बताउनुभयो। उहाँले भन्नुभयो, “जाडो मौसममा न्यानो कपडा विद्यार्थीका लागि अत्यन्त आवश्यक हुन्छ। ग्रीनल्याण्ड पब्लिक स्कुलले देखाएको सहयोग भावनाप्रति विद्यालय परिवार आभारी छ। यस्ता कार्यक्रमले विद्यार्थीमा पढाइप्रतिको उत्साह बढाउनुका साथै सामाजिक सहकार्यको राम्रो उदाहरण प्रस्तुत गर्दछ।”
उक्त कार्यक्रममा ग्रीनल्याण्ड पब्लिक स्कुलका शिक्षक–कर्मचारी, विद्यार्थी तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उपस्थित रहेको थियो ।सहभागीहरूले सामाजिक उत्तरदायित्व वहन गर्ने यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।
ग्रीनल्याण्ड पब्लिक स्कुलले भविष्यमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सेवासँग सम्बन्धित कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 14, 2026
October 14, 2026
October 14, 2026
October 13, 2026
October 13, 2026
October 11, 2026
October 10, 2026
October 10, 2026
October 09, 2026
October 09, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .