ओम शान्ति एकेडेमीको वार्षिकोत्सवको अवसरमा सातौँ अन्तर टोल विकास संस्था महिला (आमा समूह) हाजिरीजवाफ प्रतियोगिता हुने

इ चितवन खबर

December 28, 2025

चितवन। ओम शान्ति एकेडेमीको २०औँ वार्षिकोत्सवको अवसरमा यही पुस २६ गते शनिबार “सातौँ अन्तर टोल विकास संस्था महिला (आमा समूह स्तरीय) हाजिरीजवाफ प्रतियोगिता २०८२” आयोजना हुने भएको छ। ओम शान्ति एकेडेमीको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता बिहान १०:०० बजेदेखि सुरु हुनेछ।

 

प्रतियोगितामा भरतपुर महानगरपालिका तथा छिमेकी स्थानीय तहका आमा समूहहरूलाई सहभागिताका लागि हार्दिक आव्हान गरिएको छ। प्रतियोगितामा प्रति समूह ३ जना आमाहरू सहभागी हुन सक्नेछन्। सहभागिताका लागि कुनै प्रवेश शुल्क नलाग्ने आयोजकले जनाएको छ। इच्छुक समूहहरूले पुस २५ गते, शुक्रबार दिउँसो ४:०० बजेसम्म दर्ता गरिसक्नुपर्नेछ।

 

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने समूहहरूलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुने समूहले १०,००० रुपैयाँ, द्वितीय हुने समूहले ६,००० रुपैयाँ र तृतीय हुने समूहले ४,००० रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। दर्ता तथा थप जानकारीका लागि ०५६-५९५००५, ९८४५६९८६९१ र ९८४२०४२२४१ नम्बरमा सम्पर्क गर्न सकिने विद्यालयका प्राचार्य टेकबहादुर श्रेष्ठले जानकारी दिनुभयो।

 

महिलाहरूको ज्ञान, क्षमता र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिँदै आएको यस प्रतियोगिताले सामुदायिक सहभागिता र सामाजिक सद्भावलाई थप मजबुत बनाउने विश्वास आयोजकले लिएको छ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

October 16, 2026

घटस्थापनापछि उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

October 16, 2026

चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ

October 15, 2026

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

October 15, 2026

लमजुङ कालिका : जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा

October 15, 2026

नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई

October 14, 2026

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

October 14, 2026

नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

October 14, 2026

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

October 13, 2026

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

October 13, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .