सकियो नारायणी किनारमा आयोजित खेलकुद तथा व्यापारिक महोत्सव

इ चितवन खबर

November 19, 2025

चितवन । चितवनको नारायणी नदी किनारमा आयोजित खेलकुद तथा वृहत व्यापारिक महोत्सव सम्पन्न भएको छ । चितवन जिल्ला खेलकुद बिकास समितिले आयोजना गरेको महोत्सव मंगलबार सम्पन्न भएको हो ।


महोत्सवको एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका प्रमुख मेयर रेनु दाहालले समापन गरेकी हुन् । सो क्रममा मेयर दाहालले बिगतमा हुने गरेका मेला महोत्सवलाई यसले माथ गरेको बताईन् । महोत्सव व्यवस्थित र भव्य भएको उनको भनाइ थियो । यस्तै मेयर दाहालले यो महोत्सवको निरन्तरताको कामना पनि गरिन् ।


फरक प्रसङ्गमा दाहालले आफूले गरेको राम्रो कामकै कारण ‘विध्वंस’ भोग्नुपरेको पनि बताएकी छन् । विकासका सकारात्मक मोडेल प्रस्तुत भइरहेका बेला गत भदौमा भएको जेनजी आन्दोलनमा अराजक तत्वको घुसपैठका कारण भएको तोडफोड तथा विध्वंसले मनोबल कमजोर बनाइदिएको उनको आरोप थियो ।


“अराजक तत्वहरूले हाम्रो महानगरलाई सखाप बनाएका छन्, कार्यालय जलाइदिए, निजी सम्पत्तिमाथि आगजनी गरियो । हाम्रो मनोबल कमजोर पार्न खोजियो, उनले भनिन्, “तर पनि हामी कतै विचलित भएका छैनौँ । सधैं जनताका सेवक भएर अगाडि बढ्ने दृढ प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।” उनले त्यति ठूलो घटनाको वास्तविक कारण आजसम्म पत्ता नलागेको दुःखेसो पनि गरिन् । जनप्रतिनिधि कस्तो हुनुपर्छ भन्ने प्रश्न अझै अनुत्तरित रहेको पनि उनको भनाइ थियो ।


चितवन जिल्लाको समग्र खेल क्षेत्रलाई चलायमान बनाउन, खेलाडीको मनोबल वृद्धि गर्न तथा आर्थिक स्तर उकास्ने उद्देश्यले कात्तिक १८ गतेदेखि महोत्सव सुरु भएको थियो । महोत्सवमा तीन सय भन्दा बढी स्टल रहेका थिए । व्यापारिक स्टलसँगै महोत्सवमा भलिवल, कराँते, तेक्वान्दो, सेपाकताक्रो, एथ्लेटिक्स, कबड्डीलगायतका खेल पनि खेलाईएको थियो ।

दुई सातासम्म चलेको महोत्सव सफल भएको आयोजक चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीले बताए । उनले महोत्सव सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । केही दिन भित्रै महोत्सव बारे समिक्षा गरिने संयोजक बिकल क्षेत्रीले जानकारी दिए । महोत्सवमा निर्मित लन्डन ब्रिजले दर्शकहरुलाई निकै आकर्षित गरेको थियो । 


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

October 16, 2026

घटस्थापनापछि उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

October 16, 2026

चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ

October 15, 2026

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

October 15, 2026

लमजुङ कालिका : जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा

October 15, 2026

नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई

October 14, 2026

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

October 14, 2026

नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

October 14, 2026

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

October 13, 2026

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

October 13, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .