भयरहित समाज निर्माण गर्न प्रतिबद्ध छु : महानिरीक्षक दानबहादुर कार्की

इ चितवन खबर

November 14, 2025

काठमाडौँ।  प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भयरहित समाज निर्माण गर्न आफू प्रतिबद्ध हुने बताउनुभएको छ । 
 
 
प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह लगाएर प्रहरी मुख्यालयमा सम्बोधन गर्दै उहाँले गैरव्यावसायिक क्रियाकलापमा संलग्न प्रहरी कर्मचारीविरूद्ध शून्य सहनशीलताको नीति कडाइका साथ लागू गर्न कटिबद्ध रहेको बताउनुभयो । जनविश्वास आर्जन गर्न, जनअपेक्षाअनुरूपको सेवा प्रवाह गर्न र आपराधिक तत्वलाई निस्तेज गराई भयरहित समाज निर्माण गर्न आवश्यक रहेको उहाँको भनाइ छ । 
 
 
महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीको साहस, चरित्र र व्यावसायिकतालाई साङ्गठनिक लक्ष्य प्राप्ति गर्ने पथप्रदर्शक शक्ति र सामथ्र्यका रूपमा लिएको बताउँदै विशेष परिस्थितिमा निर्माण भएको विद्यमान सरकारले जनआकाङ्क्षाअनुरूप देशमा सुशासन कायम गर्ने र निकट भविष्यमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल अभिष्ट राखेको उल्लेख गर्नुभयो । 
 
 
उहाँले असामान्य र असाधारण सुरक्षा परिस्थितिमा राष्ट्र र नागरिकको सेवाका लागि नेपाल प्रहरीका सकलदर्जाले लिएको अग्रसरता, साहस र धै¥र्यताको प्रशंसा गर्नुभयो । जस्तोसुकै प्रतिकूल परिस्थितिको अवस्थामा पनि तत्काल पुनःजागृत भई राष्ट्र र जनताको सेवामा जुट्ने नेपाल प्रहरीको मूल चरित्र र सामथ्र्य रहेको उहाँको भनाइ छ । 
 
 
उहाँले भन्नुभयो, “पछिल्लो समय विभिन्न आयामका सुरक्षा चुनौतीले समग्र सुरक्षा संवेदनशीलता बढ्दै गएको छ, यो विषम परिस्थिति र सङ्कटपश्चात् उठ्दै गरेका प्रहरी संरचना र मनोबलको सन्दर्भमा प्राप्त यो जिम्मेवारी र समग्रमा नेपाल प्रहरीप्रति असाधारण किसिमका अपेक्षाहरू छन्, म पूर्ण रूपमा जानकार र सजग छु ।”
 
 
महानिरीक्षक कार्कीले साइबरसम्बन्धी अपराध एवं आर्थिक तथा वित्तीय प्रकृतिका अपराध असाधारण रूपमा वृद्धि भइरहेको, लागुऔषधको दुव्र्यसन र दुरूपयोग, आत्महत्या तथा सडक दुर्घटनाका भयावह अवस्था रहेको पनि  उल्लेख गर्नुभयो । 

 


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

October 16, 2026

घटस्थापनापछि उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

October 16, 2026

चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ

October 15, 2026

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

October 15, 2026

लमजुङ कालिका : जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा

October 15, 2026

नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई

October 14, 2026

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

October 14, 2026

नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

October 14, 2026

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

October 13, 2026

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

October 13, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .