इ चितवन खबर
November 04, 2025
चितवन। देवघाटधाम गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको छ । पवित्र तीर्थस्थल देवघाट धामको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आज बिहान देवघाटको वेणीमा विधिपूर्वक पूजा गरी महोत्सव सुरु गरिएको हो ।
नेपाल सन्त समाजको आह्वानमा देवघाट क्षेत्र विकास समिति र देवघाट गाउँपालिकाको आयोजनामा गरिएको महोत्सवको हरिहर सन्यास आश्रमका पीठाधीश ज्ञानानन्द सरस्वती महाराज र महेश सन्यास आश्रमका पीठाधीश रमणानन्द गिरीजी महाराजले उद्घाटन गर्नुभएको हो । बिहान ७ः०० बजे वेणीबाट सुरु भएको परिक्रमा महोत्सव चितवनको बागेश्वरी हुँदै हरिहर मन्दिरको बाटो भएर गैँडाकोट पुग्नेछ । गैँडाकोटमा रहेका धार्मिकस्थल चक्रवर्ती तीर्थ मन्दिर हुँदै पुनः देवघाटमा आएर समापन हुनेछ ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशन सदन बरालका अनुसार दिउँसो ३ः०० बजेसम्ममा परिक्रमा सम्पन्न हुनेछ । २७.५ किलोमिटर लामो पैदल यात्रामा सन्त, महन्थ, भक्तजनलगायत तीन हजार हाराहारीको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो ।
तनहुँतर्फ पशुपतिनाथ मन्दिर, गङ्गा मन्दिर, अघोर आश्रम, गलेश्वर आश्रम (सिद्धेश्वर मन्दिर), दुर्गा पाञ्चायन मन्दिर, चक्रवर्ती आश्रम (मणिमुकुन्देश्वर मन्दिर), महेश सन्यास आश्रम (विद्येश्वर मन्दिर), अभय सन्यास आश्रम (रामेश्वर मन्दिर), हरिहर सन्यास आश्रम (हरिहर मन्दिर), राम मन्दिर, लक्ष्मीनारयण मन्दिर, देवघाट पुलको मुख (गणेश मन्दिर, केदारेश्वर मन्दिर र बद्रीनाथ मन्दिर)को परिक्रमा गरिएको छ ।
चितवनतर्फ देवघाट बसपार्कको सङ्कल्पेश्वर हनुमान मन्दिर, छेदेन थर्वालिङ गुम्बा, विश्वशान्ति यज्ञशाला मन्दिर, राम मन्दिर, राधाकृष्ण मन्दिर, लक्ष्मीनारायण मन्दिर, सीताराम संस्कृत मावि, कन्या गुरुकुल, धर्मदर्शन आश्रम, योगी नरहरिनाथ गौशाला बागेश्वरी मन्दिर, आँपटारी दियालो बङ्गाल चोक, गौरेश्वर शिव मन्दिर पोखरा बसर्पाक, राजयोग सेवा केन्द्र नारयणगढ, हरिहर मन्दिर नारयणगढ, श्रीराम मन्दिर पुल्चोकको परिक्रमा गरी बिहान ११ः१५ बजे गैँडाकोटतर्फ लागेको छ ।
नवलपुरतर्फ गैँडाकोट पुल्चोकको गोपेश्वर महादेव मन्दिर, मौलाकालिका भगवती मन्दिर, वेदविद्याश्रम, शुकदेव भागवताश्रम, श्रीनिम्बाकाचार्य दर्शन केन्द्र, श्रीलक्ष्मीनृसिंह दिव्यधाम मन्दिर, बेसक्याम्प, केलादी क्षेत्र र हर्दी हुँदै पुनः तनहुँको देवपुरको साढेबगर बौद्ध गुम्बा, भूबराह मन्दिर हुँदै मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा आई समापन हुने कार्यक्रम रहेको क्षेत्र विकास समितिका सदस्य चन्द्रमित्र पण्डितले जानकारी दिनुभयो ।
यो पाँचौँ संस्करण हो । हरेक वर्षको बैकुण्ठ चतुर्दशीमा यो महोत्सव गर्ने गरिन्छ । पवित्र तीर्थस्थल देवघाटधाम र गण्डकीको सङ्गमस्थल तीर्थस्थल देवघाटधामको धार्मिक महत्व र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यसहित गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको पण्डितले बताउनुभयो ।
महोत्सवको प्रचारप्रसारका लागि सोमबार तनहुँको देवघाट र चितवनको भरतपुरमा मोटरसाइकल -यालीसमेत गरिएको थियो ।
देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाटधाम गण्डकी परिक्रमा महोत्सवले देवघाटको धार्मिक पर्यटनको प्रवद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 17, 2026
October 17, 2026
October 16, 2026
October 16, 2026
October 15, 2026
October 15, 2026
October 15, 2026
October 14, 2026
October 14, 2026
October 14, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .