बालबालिकाको लागि शिक्षक र अभिभावक बिचको सम्बन्ध

टेक बहादुर श्रेष्ठ

इ चितवन खबर

October 19, 2025

बालबालिकाको समग्र बिकासका लागि शिक्षक र अभिभावक बिचको सम्बन्ध अत्यन्तै महत्त्वपूर्ण र सहयोगात्मक हुनुपर्छ । बिधालय र घर दुबै बालबालिकाको सिकाइ र व्यबहारिक विकासका केन्द्र हुन् । त्यसैले यी दुई पक्षबिचको समन्वय र समझदारी बालबालिकाको उज्ज्वल भविस्यको आधार हो । तल त्यस सम्बन्धमा बिस्तारमा उल्लेख गरिएको छ। 

 

१. सहयोगात्मक सम्बन्ध :
क) शिक्षक र अभिभावक बिच परस्पर सहयोग र समर्थनको सम्बन्ध हुनुपर्छ ।
ख) बालबालिकाको अध्ययन, व्यबहार र रुचि बारे एक-अर्कासङ्ग जानकारी साटासाट गर्नुपर्छ ।
ग) दुबैले एउटै लक्ष्य राख्नु पर्छ - बालबालिकाको सर्बाङ्गिण विकास ।

 

२. नियमित संवादको विकास :
क) विधालय र घर बिच नियमित सम्पर्क र संवाद हुनुपर्छ ।
ख) शिक्षकले बिद्यार्थीको प्रगती, कमजोरी र सुधारका उपाय अभिभावकलाई जानकारी दिनुपर्छ ।
ग) अभिभावकले पनि बालबालिकाको बारेमा घरमा देखिएको  व्यबहार वा समस्या शिक्षकलाई बताउनुपर्छ ।

 

३. विश्वास र सम्मानको सम्बन्ध :
क) अभिभावकले शिक्षकप्रती विश्वास र सम्मान राख्नुपर्छ, किनकी शिक्षक बच्चाको सिकाइका मार्गदर्शक हुन् ।
ख) शिक्षकले पनि अभिभावकको सुझाव र दृष्टिकोणको सम्मान गर्नुपर्छ ।
ग) परस्पर सम्मानल्ले सकारात्मक सम्बन्ध निर्माण गर्छ ।

 

४. साझा जिम्मेवारीको सम्बन्ध :
क) बालबालिकाको सिकाइ, अनुशासन र व्यबहार सुधार केवल विधालयको मात्र जिम्मेवारी  होइन अभिभावकको पनि हो ।
ख) दुबैले मिलेर साझा जिम्मेवारी वहन गर्नुपर्छ ।
ग) बिधालय र घर दुबै बाताबरणले बालबालिकालाई एकै संदेश दिनुपर्छ ।

 

५. सहभागिता र सरोकारको सम्बन्ध :
क) अभिभावकले बिधालयले बोलाएको समयमा सहभागिता हुनुपर्छ ।
ख) शिक्षकले अभिभावकको सुझाव र अभिभावकले शिक्षकको सुझाव र प्रतिक्रिया ग्रहण गर्नुपर्छ ।

 

६. सकारात्मक र प्रोत्साहनमुलक सम्बन्ध :
क) दुबैले बालबालिकालाई प्रोत्साहन दिने र सहयोग गर्ने वातावरण सिर्जना गर्नुपर्छ ।
ख) एकाअर्कालाई दोषारोपण होइन, समाधानमुखी सोच राख्नुपर्छ ।

 

निष्कर्ष :
बालबालिकाको लागि शिक्षक र अभिभावकबिचको सम्बन्ध मित्रता, विश्वास र सहकार्यमा आधारित हुनुपर्छ । जब दुबै पक्ष एकै दिशामा सहकार्य गर्छन् , तब बालबालिकाको बौद्धिक , सामाजिक  र भावनात्मक विकास सहज र प्रभावकारी हुन्छ ।

 

 (लेखक : उहाँ ओम शान्ति एकेडेमीका प्राचार्य हुनु हुन्छ ।)


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

अभिभावकको कमाई विदेशमा, छोराछोरीको बालपन नेपालमा : के पैसाले भावनात्मक दूरी मेटाउन सक्छ ?

October 18, 2026

चितवनका कैदीबन्दीलाई दसैँको उत्साह छैन

October 18, 2026

राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

October 17, 2026

आज आश्विन शुक्ल सप्तमी : फूलपाती भित्र्याइँदै

October 17, 2026

क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

October 16, 2026

घटस्थापनापछि उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

October 16, 2026

चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ

October 15, 2026

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

October 15, 2026

लमजुङ कालिका : जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा

October 15, 2026

नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई

October 14, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .