क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

चितवन। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका लागि समिति बनाइएको छ । अस्पताल सञ्चालक समितिले पूर्णता पाएसँगै सुधार समिति बनाइएको हो ।


अस्पताल सञ्चालक समितिका सदस्य डा डिल्लीराम भण्डारीको संयोजकत्वमा सञ्चालक सदस्यद्वय डा शान्ति भुर्तेल र इशा प्रधान सदस्य रहेको समिति बनाइएको अस्पतालले जनाएको छ ।


अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोका अनुसार गएको वैशाख ६ गतेदेखि असोज २३ गतेसम्म कार्यकारी निर्देशक निमित्तको भरमा रहेको थियो । सो अवधिमा सञ्चालक समितिसमेतले पूर्णता पाउन सकेको थिएन । असार १५ गते प्रा डा योगेन्द्रप्रसाद सिंह अध्यक्षमा नियुक्त हुनुभएको थियो । सञ्चालक समितिका सदस्यहरू असोज ६ गतेमात्रै चयन हुनुभएको थियो । 


नवनियुक्त कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित नहुँदा अस्पतालका नयाँ खरिद प्रक्रिया, चिकित्सक कर्मचारीको वृत्तिविकास र बढेको तलब खुवाउन नसकिएको बताउनुभयो । जसका कारण प्रत्यक्ष रूपमा सेवाग्राही र चिकित्सक कर्मचारी प्रभावित भएका छन् । उहाँले भन्नुभयो, “बिरामीले निःशुल्क पाउने कतिपय सामग्री उपलब्ध गराउन सकिएको छैन, बिरामी आफैँले किन्नुपर्ने अवस्था छ ।”  नीति तथा कार्यक्रम र बजेट पास गर्ने तयारी गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।


आचार्यले अस्पताल सुधारका लागि बनेको समितिले अध्ययन गरिरहेको बताउँदै सो अध्ययन आएसँगै सुधारका थप काम हुने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हामी बिहानदेखि राति अबेरसम्म खटिएर काम गरिरहेका छौँ । केही दिनमै अनुभूति हुनेगरी काम देखिन्छ ।”


विसं २०७४ वैशाखमा आचार्य पहिलोपटक कार्यकारी निर्देशक हुँदा अस्पताल समस्यामा थियो । आचार्य निर्देशक हुनुअघि तत्कालीन समयमा स्थानीय प्रशासनले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको थियो । हाल देखिएका समस्या समाधान गर्न आफू लागिपरेको उहाँले बताउनुभयो ।


यहाँ भारतदेखि बिरामी आउने गर्दछन् । नेपालका सबै जिल्लाबाट यहाँ बिरामी आउने गर्दछन् । अस्पतालमा समस्या देखिएसँगै प्रत्यक्ष रूपमा बिरामी प्रभावित हुने हुँदा सरोकारवालाहरूको ध्यान यहाँ बढी जाने गर्दछ ।

जिपीम्यानको नयाँ कार्यसमिति चयन
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा
सरकार र आन्दोलनरत नर्सबीच सहमति
सुनको मूल्यमा सामान्य वृद्धि
सूर्योदय र सूर्यास्तसहित हिमशृङ्खलाको दृश्यावलोकन गर्न पुनहिल पुग्ने कि !
निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग जरुरी हुन्छ : प्रधानमन्त्री कार्की
‘जेनजी’ प्रदर्शनका क्रममा भएको क्षति मूल्याङ्कन गर्न ४४ जिल्लामा ३८ टोली परिचालन
सुनको मूल्य तोलामा दुई हजार सात सय बढ्यो
नारायणगढ–मुग्लिन सडक सञ्चालन
पछिल्लो तीन महिनामा रु ५० अर्ब ६० करोड सरकारी ऋण थपियो
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
घरजग्गाको कारोबार गर्ने कम्पनीलाई अनुमतिपत्र दिइने
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
चितवनमा बस दुर्घटना, ३३ जना घाइते
नेपाल युएईसँग पराजित
चितवनमा रगतको चरम अभाव : रक्तदान गर्न आह्वान
बेमौसमी वर्षाले गोरखाको धानबालीमा क्षति
आज रातिदेखि भारी वर्षाको सम्भावना
जेनजी आन्दोलनपछि नेपाली कांग्रेसको परीक्षा : आत्मसमीक्षा कि अस्तित्व संकट ?
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
यस्ता छन् सरकारले सार्वजनिक संस्थानमा देखेको चुनौती र समस्या
चितवन कारागारबाट भागेका एघार भारतीयसहित १३९ कैदीबन्दी फर्किएनन्
युवा नेता बिनोद ढकालको विशेष पहलमा विपन्न परिवारलाई आयआर्जनका लागि बाख्रा वितरण
कार्तिक १८ देखि हुने खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने
पर्यटक बढेपछि बागलुङका व्यवसायी उत्साहित
हजुरआमाको खुला पत्र नातिनीलाई  !
सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की
मनोकामना पूरा हुने विश्वासमा सूर्यदेवको पूजा आराधना गरिने छठ पर्व
वरिष्ठ गायक आनन्द कार्की भारतको शान्तिवनमा अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित
निर्वाचन तयारी : पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग
चिकित्सकको अनुमति बिना बिक्री गरेको औषधि बरामद

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .